राजेश पायलको फेसबुक पेज पनि भेरिफाइड
screennepal
प्रकाशित: २०७१, २१ श्रावण बुधबार
no img

काठमाडौं । सक्कली र नक्कली फेसबुक आइडी छुट्याउन फेसबुकले सरल बनाइरहेको छ । विशेष गरी सेलिब्रिटीहरुका फेक अकाउन्ट खोलेर दुरुपयोग भइरहेको गुनासो पछि फेसबुकले सक्कली आइडीलाई भेरिफाइड गरिरहेको छ ।
नेपालमा महिला गायिकाको फेसबुक पेज  भेरिफाइड भइरहेको थियो । गायक राजेशपायल राईको फेसबुक पेज पनि भेरिफाइड भएको छ । उनको पेज बुधवार बिहान भेरिफाइड भएको हो ।

rajesh f
भरिफाइड पेज पाएपछि गायक राईले आफ्ना महत्वपूर्ण गतिविधी यही पेजमार्फत सार्वजनिक गर्ने जनाएका छन् । नयाँ प्रविधिलाई आत्मसाथ गरेर त्यसै अनुसार आफूलाई प्रबद्र्धन गर्न राजेशपायल खप्पिस छन् । पछिल्लो समय उनले फेसबुकलाई आफ्ना स्रोतासँग नियमित जोड्ने सेतु बनाइरहेका छन् । उनी भन्छन्, ‘नयाँ पुस्ताका स्रोतासँग फेसबुक र ट्वीटरको माध्यामबाट कुराकानी गर्छु । उनीहरुको रुची अनुसारकै लवजमा गीत गाउने कोशिस गरिरहेको हुन्छु ।’ उनको पेज १ लाख ९ ६ सय ३७ जनाले लाइक गरेका छन् ।

Comments