लाजमर्दाेः कति सुत्छस् सिरकमुनी तन्काउदै ‘लिंग’(भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २० श्रावण मंगलवार
no img

काठमाडौं । फिल्म ‘ताण्डव’को अर्काे गीत हो यो । अघिल्लो गीतको आलोचना भएपछि युट्युबबाटै हटाउनु परेको थियो । तर, नयाँ गीत पनि आलोचनामुक्त रहेन । किनकी ‘युद्ध’ नामको उक्त गीतमा यस्ता लाजमर्दा शब्द छन्, जुन नेपाली समाजले पचाउन सक्ने देखिदैन ।
alll-
स्यामसिङ एप्पलले निर्माण गरेको फिल्म ‘ताण्डव’को उक्त गीत फिल्मका मुख्य अभिनेता समेत रहेका आशिष राना लाउरेले गाएका छन् । जसको शब्दसंगीत पनि उनले नै सिर्जना गरेका हुन् । मुर्रे केर निर्देशित फिल्ममा लाउरेका अलवा अनुप बराल, नम्रता श्रेष्ठ लगायतले अभिनय गरेका छन् । फिल्म भदौ ६ गते रिलिज हुँदैछ । यससँगै ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरेको फिल्म ‘सम्बोधन’ र गरिमा पन्त अभिनीत फिल्म ‘ठूली’ पनि रिलिज हुँदैछन् ।

Comments