काठमाडौं । नेपाली कला संस्कृतिलाई मलेसियामा चिनाउने उद्देश्यले मलेशियाको काजाङगमा रहेका नेपाली युवाको सक्रियतामा आज (आइतबार) ‘काजाङग धमाका–२०१५’ हुँदैछ । मलेशियाको काजाङग मेटेको हिन्दु संगममा हुने यस कार्यक्रमका लागि नेपाली रंगमञ्चका चर्चित कलाकार तथा गायक गायिका त्यहाँ पुगेका छन् । कार्यक्रममा गायक एनजे सागर ठकुरी, हास्य कलाकार गोपाल ढकाल छन्दे, महादेव त्रिपाठी, गायिका सिन्धु मल्ललगायतले प्रस्तुती दिने भएका छन् । कार्यक्रमको आयोजक मध्येका एक हुन् दुर्गा क्षेत्री । क्षेत्री आफैमा कुशल संगीतकर तथा गीतकार पनि हुन ।