‘बढा दशैं आयो’ भन्दै कम्मर मर्काउँदै नीतादेखि रश्मीसम्म (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ आश्विन आईतवार
no img

काठमाडौं । गायक टंक बुढाथोकीले बडा दर्शैको अवसर पारेर नयाँ दशैँ गीत सार्वजनिक गरेका छन् । ‘बडा दशैँ आयो’ बोलको गीतमा उनलाई गायिका सरु गौतमले साथ दिएकी छन् । शंकर विसीले भिडियो निर्देशन गरेको गीतमा अभिनेत्री निता ढुंगाना, निर्देशक विसी, मोडल रश्मी तामाङ र महेन्द्र गौतमले अभिनय गरेका छन् । डान्सिङशैलीको गीतमा टंक बुढाथोकी, अर्जुन कार्की र अमृता नेपालको शब्द र संगीत रहेको छ । भिडियोमा लोकदोहोरी मोडलका रुपमा छवि बनाएका शंकर र अभिनेत्री ढुंगाना जोडीका रुपमा नाचेका छन् । भिडियो हेर्दा उनीहरुको ुकेमेस्ट्रीुलाई दर्शकले रुचाउने देखिएको छ ।

Rashmi

‘काली तिम्रो नजरैलेु, ‘घण्टी बज्योु, ‘किन गाह्रो गाह्रो हुन्छु’ बोलका हिट नम्बर दिइसकेका गायक बुढाथोकी पछिल्लो समय पाश्र्वगायन र संगीतमा व्यस्त छन् । भिडियोमा उनलाई पनि देख्न सकिन्छ । ‘यसपालीको तीजमा’ बोलको तीज गीत गाएर चर्चामा आएकी गायिका सरुले पहिलोपटक दशैँ गीत गाएकी हुन् । ‘यो गीतलाई मैले धेरै मिहेनत गरेर गाएकी हुँ । गीतलाई दर्शकले रुचाउने विश्वास गरेको छुँ’, उनले भनिन् । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् । गीतकार अर्जुन कार्की नै गीतका निर्माता हुन् । निर्माता कार्की फिल्म निर्मौण गर्ने तयारीमा छन् । गीतलाई तिर्सना म्यूजिकले बजारमा ल्याएको हो ।

Comments