सुमीको सेक्स टोय चोरी भएपछि … !
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
no img

काठमाडौं । गायिका सुमी चाम्लिङ राई अविवाहित छिन् । उनी आफ्नो ब्वायफ्रेन्डसमेत नभएको बताउँछिन् । ‘म अविवाहित हुँ, मेरो लभर ब्वोय पनि छैन’ सुमीको भनाइ छ, ‘तर, यसो भनेर म भर्जिनचाहिँ छैन ।’ अविवाहित युवती, तैमाथि लभरब्वोयसमेत छैन भन्नेले ‘म भर्जिन होइन’ भन्दा कस्तो सुनिएला ? तर, सुमीको कुरा सुनेपछि साँच्चीकै भर्जिन होइन रहिछन् उनी । स्क्रिन नेपालसँग प्रेम, विवाह र सेक्सका विषयमा कुरा गर्दै सुमीले आफू भर्जिन नभएको खुलासा गरिन् ।

sumi rai
उनले भनिन्, ‘भर्जिन तोड्नका लागि विवाह गर्नैपर्छ भन्ने छैन अनि ब्वोयफ्रेन्ड नै हुनपर्छ भन्ने पनि छैन ।’ उनले अहिलेसम्म कुनै पुरुषसँग सहवास नगरेको बताउँदै भनिन्, ‘मैले सेक्स टोय प्रयोग गरेकी छु । मेरो भर्जिनिटी सेक्स टोयले तोडेको हो ।’ आधुनिक समाजमा सेक्स छोय प्रयोग गर्नु नराम्रो नभएको भन्दै सुमीले स्क्रिन नेपालसँग भनिन्, ‘कैयौ केटाहरुसँग असुरक्षित सेक्स सम्बन्ध राख्नुभन्दा सेक्स टोय प्रयोग गर्नु राम्रो हो । तर, यहाँ धेरै युवती सेक्स टोयको नाम लिनसमेत लजाउँछन् । यस्ता युवतीहरु पुरुषसँग सेक्स गरेर पछुताउने गर्छन ।’
सुगम संगीतमा राम्रै चर्चा पाइरहेकी सुमीले स्क्रिन नेपालसँग भनिन्, ‘सुरुमा मैले सेक्स टोय बेलायतबाट किनेर ल्याएकी थिएँ । त्यो हराएपछि नेपालमै किनेकी छु ।’ कसरी हरायो त त्यो बेलायतबाट ल्याएको सेक्स टोय भन्ने प्रश्नमा सुमीले भनिन्, ‘केटीहरु उस्तै त हुन्छन् नि । कुनचाहिँ साथीले चोरेर लगिछन् ।’ कुनै पुरुषसँग अहिलेसम्म सेक्स नगरेका कारण कस्तो अनुभव हुन्छ भन्ने थाहा नभएको बताउँदै सुमीले भनिन्, ‘तर, सेक्स टोयले भने आनन्द लाग्छ ।’ उनले यसो पनि भनिन्, ‘विवाह नगरेसम्म कसैसँग सेक्स गदिनँ । मलाई गर्न मन लाग्यो भने सेक्स टोय नै काफी छ ।’ अहिलेसम्म आफूले चाहेजस्तो पुरुष नपाएर बिहे नगरी बसेको पनि सुमीले बताइन् ।

sumi
पछिल्लो समय नेपाली बजारमा पनि हरेक खालका सेक्स टोय पाइन्छ । तर, सस्तो भन्दा महँगो सेक्स टोय राम्रो हुने सुमीको भनाइ छ । पहिलोपटक सेक्स टोय प्रयोग गर्दा आफूलाई अननाउन व्यक्तिबाट गाली आएको समेत उनले बताइन् । ‘यस्तो पनि भन्ने । आफ्नो नीजि कुरा मिडियालाई बताएर राईकै बेइज्वत गर्ने समेत भनें’ स्क्रिन नेपालसँग सुमीले भनिन्, ‘यसरी गाली गर्नेहरुलाई मैले राम्ररी सम्झाइदिएँ ।’
‘दिक्तेल बजार’ गीतमार्फत चर्चामा आएकी सुमीले त्यसपछि ‘जबसम्म’ नामक एल्बम ल्याइन् । यस एल्बमको गीतबाट उनले इमेज अवार्ड समेत पाइसकेकी छन् । सुमी पछिल्लो समय चलेकी गायिकामध्ये पर्छिन् । बेलायत जाने तयारीमा रहेकी गायिका सुमीले भनिन्, ‘जहाँ गए पनि नेपाल र संगीतको माया लाग्छ । त्यसैले बाँचेसम्म नेपाल र संगीतलाई म छाड्न सक्दिनँ ।’

Comments