विनुको तिजलाई ‘बालै भएन’ (हेर्नुहोला)
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
no img

काठमाडौं । लोकगायिका विनु तामाङ यसपालिको तिजलाई ‘बालै भएन’ बोलको गीत लिएर आएकी छन् । लोकदोहोरी गायनमा छुट्टै पहिचान बनाएकी विनुले भनिन्, ‘सबैले तिज गीत गाएपछि मैले नि गाएकी हुँ ।’ विनुले तिज गीतसँगै दोहोरी पनि ल्याएकी छन् । ढेड सयभन्दा बढी गीतमा स्वर दिइसकेकी विनुले यसपटक ‘अचम्मैको प्यार’ बोलको लोकदोहोरी ल्याएकी छन् । उनले भनिन्, ‘मैले पछिल्लो समय ल्याएको ‘अचम्मैको प्यार’ लोकदोहोरीलाई पनि श्रोताले रुचाएका छन् । उनले आफ्नो तिज गीत ‘बालै भएन’ को म्युजिक भिडियो केही दिनअघि सार्वजनिक गरेकी छन् ।

binu
०६६ सालदेखि लोकगायनमा निरन्तर क्रियाशील विनका दर्जनौ चर्चित गीत छन् । ‘लाइदेउ सिन्दुर’, एक्स रे गरेर हेरेँ’, ‘तिम्रै लागि देउता भाकेको छ’, ‘बाबुको आँगनीमा’ जस्ता चर्चित गीतका गायिका विनु भन्छिन्, ‘यस क्षेत्रमा रहेर अहिलेसम्म रमाइलै भइरहेको छ ।’ सानैदेखि गायनप्रति आफ्नो रुचि भएको बताउँदै उनले भनिन्, ‘अहिलेसम्म ढेड सयभन्दा बढी गीतमा गाइसकेकी छु । तर, आफ्नो सोलो एल्बम भने एक मात्र ल्याएकी छु ।’ उनको पहिलो सोलो एल्बम ‘माइती’ हो ।
‘माइती’ ल्याएपछि कलेक्शन एल्बममै व्यस्त भएको उनले बताइन् । ‘अहिले त एल्बम निकाल्ने स्थिति नै छैन’ उनले भनिन्, ‘त्यसैले सिंगल ट्रयाक ल्याएकी हुँ । एल्बम ल्यायो भने बिक्री नै हुँदैन । अहिले एउटा गीत गाएर त्यसैलाई प्रमोसन गर्ने चलन छ । मैले पनि त्यस्तै गर्न थालेकी छु ।’ लोकदोहोरी गायनमा जमेको भए पनि आधुनिकमा आफ्नो रुचि नभएको उनले सुनाइन् । ‘म सानैदेखि लोकगीत गाउँन रुचाउँथे’ विनुले भनिन्, ‘अहिले पनि आधुनिकबाहेक सबै किसिमका गीत गाउँछु ।’ उनले दुबई, कतारलगायतका मुलुकमा सांगीतिक कार्यक्रम गरिसकेकी बताइन् ।

Comments