‘मिस एसएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’को फाइनल आज
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

miss-slc-1

काठमाडौं । ‘मिस एसएलसी नेशनल’ को ताज कसले पहिरिएलान् त ? अनि ‘मिस्टर एसएलसी नेपाल’का प्रतियोगीबीच पनि आज यस्तै कौतुहलता जागेको छ । आज (शुक्रबार) ३ बजे राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा यी दुवै प्रतियोगताको ग्रान्ड फिनाले हुँदैछ । एक महिनायता  शीर्ष उपाधि हत्याउन प्रशिक्षण लिँदै आएका प्रतियोगीको अन्तिम स्पर्धामा आइपुग्दा उनीहरुको मुटुको ढुकढुकी बढेको छ । युहान इन्टरनेशनल इभेन्टद्वारा पहिलोपटक आयोजना हुन लागेको ‘मिस एसएलसी नेशनल–२०१५’ मा २५ छात्रा र ‘मिस्टर एसएलसी नेपाल–२०१५’ मा १७ जना छात्रले स्पर्धा गदैछन् । उनीहरुमध्ये एक–एकजनाले शीर्ष उपाधि कुम्ल्याउनेछन् । यी दुवै प्रतियोगिताको अनलाइन मिडिया पार्टनर स्क्रिननेपाल डटकम रहेको छ ।
miss-slc

Comments