मेघीकाले जितिन् ‘मस्ट ट्यालेन्ट अवार्ड’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img

काठमाडौं । एक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा १० वर्षीया मेघीका काप्रीले ‘मस्ट ट्यालेन्ट अवार्ड’ जित्न सफल भएकी छन् । देव स्कुलमा कक्षा ५ मा अध्ययनरत मेघीकाले हालै टर्कीको बोड्रममा आयोजित ‘लिटिल मिस एन्ड मास्टर वल्र्ड–२०१५’ मा ‘मोस्ट ट्यालेन्ट अवार्ड’का अलावा ‘फोटो मोडल अफ द वल्र्ड अवार्ड’ पनि जितेकी छन् । मेघीकाले अन्तर्राष्ट्रिय बाल सौन्दर्य प्रतियोगितामा टाइटल जितेको बारे बुधबार मिडिया ल्यान्डले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

IMGP1409
मेघीकाले मिडिया ल्यान्डले आयोजना गरेको ‘चाइल्ड आइकन २०१४’ फस्ट रनरअफ उपाधि पाएकी थिइन् । सोही उपाधिको फलस्वरुप उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् । गत मे १४ मा सम्पन्न ‘लिटिल मिस एन्ड मास्टर वल्र्ड–२०१५’ मा मेघीकाले २५ भन्दा बढी देशका प्रतियोगीसँग स्पर्धा गरेकी थिइन् । प्रतियोगितामा शीर्ष उपाधि भने युक्रेनकी १० वर्षीया अन्ना क्लिमोभेट्सले हासिल गरेकी छन् । मेघीकाले आफ्नो लक्ष्य डाक्टर बन्ने रहेको कार्यक्रममा सुनाइन् । ‘मेरो लक्ष्य डाक्टर बन्ने हो’ उनले पत्रकारहरुसँग भनिन्, ‘पढाइसँगै यस्ता प्रतियोगिताहरुमा पनि सहभागी जनाउने छु ।’ कार्यक्रममा मिडिया ल्यान्डकी निर्देशक प्रतिमा श्रेष्ठले केही वर्षयता विभिन्न कार्यक्रम गर्दै आएको जनाउँदै ‘चाइल्ड आइकन’ बाट अन्तर्राष्ट्रिय सफलता हासिल गरेको बताइन् ।

IMGP1404 IMGP1411

Comments