अभिनेता आर्यन र सपनाको पिरती फेसबुकमा छ्यालब्याल
screennepal
प्रकाशित: २०७१, २२ फाल्गुन शुक्रबार
no img

13155_440290106126882_148975153779989000_nनेपाली समाज पर्दामा चुम्बनका दृष्य हेर्ने स्तरसम्म पुगेपनि अझै पर्दाबाहिर त्यो हर्कत रुचाउँदैन । श्रीमान् श्रीमतीबिचको चुम्बन त गोप्य भएकै राम्रो हो, भनिन्छ प्रेम प्रचार भन्दा माथि हुन्छ ।
तर, अभिनेता आर्यन सिग्देलको चुम्बन सामाजिक सञ्जाल फेसबुकमा छ्यालब्याल भएको छ । माया दर्शाउने माध्यम चुम्बन हो र त्यो श्रीमतीलाई प्रेमका खातिर गर्नु नराम्रो नहोला । तर, होली खेल्दै गर्दा श्रीमतीलाई चुम्बन गरेको तस्बिर खिचेर फेसबुकमा सार्वजनिक गरिएको छ । उनकी श्रीमती सपनाले उक्त तस्बिर अपलोड गरेकी हुन् ।
उक्त तस्बिर प्रचारको सुनियोजित फन्डा जस्तै देखिन्छ किनभने त्यो चुम्बन अरु कोहीले खिचिदिएको छ । यदि स्वभाविक चुम्बन थियो भने क्यामेराको फ्रेममा पार्न सुद्धि कोसँग हुन्थ्यो ?
यहाँनेर बाघ कराउनु र बाख्रो हराउनुको संयोग पनि छ । लगातार उनका फिल्म असफल भइरहेको अवस्थामा ‘पुनर्जन्म’ यही हप्ता रिलिज भएको छ । हलिउड र बलिउडतिर फिल्म प्रचारका लागि गरिने यस्ता हर्कतको सिको आर्यनले गरेका त होइनन्

Comments