लिम्बू पहिरनले गर्मायो सैनिक भवन
screennepal
प्रकाशित: २०७१, २७ माघ मंगलवार
no img
kala

सम्मान ग्रहण गर्दै कला सुब्बा

लिम्बू जातिको परम्परागत पहिरन ‘तागाबा’ र ‘मेख्ली’लगायत आधुनिक भेषभूषा समेटेर धरानमा ‘फेसन सो’को आयोजना गरिएको छ । ढाकाबाट तयार गरिएका परम्परागत तथा आधुनिक पहिरनमा विभिन्न मोडलले -याम्प नापेका थिए । धरानस्थित सैनिक भवनमा आयोजित फेसन सोसँगै उपस्थिति दर्शकले सांगीतिक मज्जा पनि लिए । फेसन सो र संगीतको धुनले सैनिक भवन गर्माएको थियो ।

1780694_497765197028202_6597148851406927555_n
कार्यक्रममा चर्चित मोडल तथा आरजे कला सुब्बा प्रमुख अतिथ्यमा रुपमा धरान पुगेकी थिइन्, जहाँ उनले आथिथ्य ग्रहणसँगै -याम्पसमेत नाप्न भ्याइन् । -याम्प मोडलिङमा छुट्टै पहिचान बनाएकी कलाले धरानको स्टेजमा ¥याम्प नापेको यो पहलिोपटक हो । कलाले भनिन्, ‘आफ्नो ठाउँमा त्यो अवसर पाएकै थिइनँ । यसपटक अवसर पाएर खुसी लागेको छ ।’ कार्यक्रममा कलाको मोडलिङ तथा सञ्चारमा पु¥याएको योगदानको कदर गर्दै आयोजकले सम्मान गरेको थियो ।

fashion 1
धरानस्थित रिफ्रेश ब्युटी पार्लरद्वारा आयोजित कार्यक्रममा उपस्थित दर्शकले फेसनको रौनकसँगै संगीतको मज्जा पनि लिए । फेशन सोमा विभिन्न कलाकारले गायन र नृत्य प्रस्तुत गरेका थिए । फेसन डिजाइनर कल्पना योङहाङले परम्परागत पहिरनलाई आधुनिकीकरणमा प्रस्तुत गरेकी थिइन् । सो आकर्षक पहिरनमा ‘मिस लिम्बु’की मिस ट्यालेन्ट निशा पोमूको कोरियोग्राफीमा मोडलहरु ¥याम्पमा उत्रिएका थिए । फेसन सोमा रेखा फागो, कुन्नी हाङसु्रङ, रुपा आङबुहाङ, शुष्मा तुम्बापो, दिव्या चेम्जोङ, शोभा साँवा, मञ्जु थेवे, एसिका सम्बाहाङफे, हिमालराज कन्दङवा, मदन राई, अविर्न पोमू, सुरतान लिम्बु, प्रदीप लिम्बु, रिन्छेन स्याङवो, अजित योङया, मणि चाम्लिङ, नरेन लिम्बु, निर्भिक राई, पदम लिम्बुलगायतका मोडल -याम्पमा उत्रिएका थिए ।   तस्बिर सौजन्य : कला सुब्बा

Fashinon

Comments