‘नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, २९ कार्तिक शनिबार
no img

गीतकार एकनारायण भण्डारीको ‘नयाँ नेपाल’ नामक नयाँ गीत सार्वजनिक भएको छ । ‘नेतालाई गाली गर्दैमा नयाँ नेपाल बन्दैन’ नामको उक्त गीति संग्रह एमाओवादी नेता देवेन्द्र पौडेलले गरेका हुन् । बिमोचनमा उनलाई फिल्म निर्देशक तथा संगीतकर्मी नारायण रायमाझी, संगीत निर्देशक समाजका अध्यक्ष लक्ष्मण शेष, गीतकार समाजका महासचिव विपिन किरणले सघाएका थिए ।
आफ्नो बच्चा स्कुल नजाँदा पनि नेतालाई गाली गर्ने प्रबृत्तिलाई उठाइएको बिमोचन समारोहमा गीतकार भण्डारीले बताए ।
तरकारी र फलफूलमा बिष बिषादी हाल्न भएन,
गाउ शहर सफा राखौ फोहोर मैला फाल्न भएन
क्याम्पस पढ्ने बिद्यार्थीले सधै टायर बाल्न भएन
दुध बेच्ने दुधवालाले दुधमा पानी हाल्न भएन
राम्रो काम गर्नेलाई कसैले केही भन्दैन
नेतालाई गाली गर्दैमा नया नेपाल बन्दैन
याम क्षेत्री र देवी घर्तीको आवाजमा रहेको गीत सितारा म्यूजिकले बजारमा ल्याएको हो ।
बिमोचन समारोहमा बोल्दै नेता पौडेलले राम्रो गीत बनेको प्रतिक्रिया दिए । उनले लोक संगीतको आफू पारखी भएको भन्दै यस्ता गीतले समाजमा हेर्ने दृष्टिकोणमा परिबर्तन ल्याउने धारणा राखे ।
कार्यक्रममा गीतको म्यूजिक भिडियो देखाइएको थियो । दर्जन बढी कलाकारको भिडियोमा अभिनय गरेका छन् । भिडियोमा शंकर बिसी, तेजश रेग्मी, शिवम पोखरेल, बिजय थापा, महेन्द्र गौतम, याम क्षेत्री, एकनारायण भण्डारी, प्रह्लाद सुवेदी, दिलिप रेग्मी, श्रीकृष्ण बम मल्ल , बिमल अधिकारी, सम्पदा बानिया“, रश्मी तामाङ, अर्जुन बोहोरालगायतले अभिनय गरेका छन् । कार्यक्रम नेपाली कलाले संयोजन गरेको थियो ।

हेर्नुहोस् भिडियोः

Comments