रेश्माको ‘तामाङको छोरी’मा निरञ्जलीको ठुम्का (भिडियो)
screennepal
प्रकाशित: २०७६, १६ मंसिर सोमबार
no img

पछिल्लो समय चर्चामा रहेकी गायिका रेश्मा बम्जनको पछिल्लो सेलो गीत ‘तामाङको चेली’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा शब्द र संगीत आशुसेन लामाको रहेको छ । गीतमा एरेन्ज फणिन्द्र राई र मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भिडियो छायाँकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् ।
भिडियोमा भिमफेदी गाइजका साथमा मोडल निरञ्जली लामाले अभिनय गरेकी छन् । मकवानपुर जिल्लामा रहेको भिमफेदी आसपासका दृश्य कैद गरेका छन् ।
कुनै पार्टीको सन्दर्भमा निरञ्जलीले नाचेकी देखाइएको छ । तत्कालीन पार्टीमा देखिएको युवकस“ग नाच्दै गरेको कल्पनामा निरञ्जली पुगेको देखाइएको छ । सोल्टालाई आफुतिर आकर्षित गर्न उत्साहित भएकी देखिन्छ । भिडियोबाट राम्रो प्रतिक्रिया पाइरहेको गायिका रेश्माले बताइन् ।
सिन्धुली लदाभीरकी बम्जनले यसअघि सोल्टिनी माइच्याङ, जन्ती लिएर, आम्मैले होइ आम्मैले, मैले क्यारु भो, के साह्रो हेरेको च्याङबा, गोरी गोरी माइच्याङ, यो कान्छाको र होई च्याङबा सहित २ दर्जनभन्दा बढी गीत गाइसकेकी छिन् ।

Comments