अब पछि हट्दिनँ : दिवाकर थापा
screennepal
प्रकाशित: २०७६, २३ कार्तिक शनिबार
no img

‘मिहेनत नै सफलताको कडी हो’ भन्ने भनाइलाई चरितार्थ गर्दै आएका छन्, कलाकार दिवाकर थापा । भक्तपुरको सुर्यविनायक, सिरुटारका दिवाकर यतिबेला कलाकारिताको सपना पूरा गर्न संर्घषरत छन् । टिभी टुडेबाट प्रशारण भएको हास्य टेलिशृँखलामा लाहुरेको भुमिकामा देखिएका उनी गायिका गोमा कटुवाल, कलाकार खमेश श्रेष्ठ र रामचन्द्र बोहोराको संगतमा अभिनय प्रतिभालाई तिखारिरहेको बताउँछन् । थुप्रै टेलिशृँखला र केही चलचित्रमा समेत अभिनय गरेका दिवाकरले अभिनय गरेको ‘गफै त हो नि बा’ र ‘समर्पण’चाँडै प्रशारण हुँदैछ ।

कलाकारिताको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– अभिनयमा मेरो पहिलेदेखि नै रुचि भएकाले प्रवेश गरेको हुँ । यस क्षेत्रमा गायिका गोमा कटुवालको साथ र सहयोगले गर्दा मलाई संर्घषमा एक्लो महशुस भएको छ्रन ।
हालसम्म के-केमा काम गर्नुभएको छ ?
हास्य टेलिसिरियल ‘फोकटलाल’, ‘गफै त हो नि बा’ र ‘समर्पण’का साथै ‘रुन्चे हाँसो’ र नेपाली चलचित्र ‘सत्य’मा काम गरिसकेको छु ।
भविष्यमा कस्तो कलाकारको रुपमा स्थापित गर्ने चाहना छ ?
सबैले नोटिस गर्ने र सम्झिरहने खालको चरित्रमा आफूलाई स्थापित गर्ने चाहना छ । त्यसको लागि म जस्तोसुकै मिहेनत गर्न तयार छु ।
कला र मनोरञ्जन क्षेत्रमा लागेपछि कस्तो महशुस भइरहेको छ ?
मनिसहरुले चिन्न थालेका छन् । कतै जाँदा कलाकार दिवाकर थापा आउनुभयो भनेर सम्बोधन गर्छन्, खुशी लाग्छ । पहिलेदेखि नै यस क्षेत्रमा केही गरुँ भन्ने सोच र सपना थियो । अहिले त्यसैलाई पूरा गर्न लागिपरेको छु ।
आफूले रोजेको पेशाप्रति आफन्तको धारणा कस्ता छ ?
सबैको धारणा सकारात्मक नै पाएको छु । मेरो पेशाको सबैले सम्मान गरेजस्तो लाग्छ ।
कहिलेकहिँ अभिनयलाई छोडौँ जस्ता लाग्दैन ?
यस क्षेत्रमा अगाडि बढिसकेको छु । अब पछाडि फर्कन्न, किनभने म अभिनयबाट टाडा हुन सक्दिनँ ।
हाल के गर्दै हुनुहुन्छ ?
– हास्य टेलिशृँखलाका साथै केही म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त छु ।
आफूसँग भएको कलाकै भरमा अगाडि बढ्न सक्छु भन्ने लाग्छ ?
पक्कै पनि । केही गर्न सक्छु भन्ने ममा आत्म्विश्वास छ । त्यही विश्वासका साथ अघि बढिरहेको छु ।
पाइँलाई मनपर्ने कलाकार को को हुन् ?
मह-जोडी, दिपकराज गिरी र बल्छी धुब्रे मलाई मन पर्छन् ।
आफ्ना दर्शकलाई के भन्न चाहनुहुन्छ ?
– मेरो कामलाई हेरेर सही मुल्याकंन गरिदिनुहोला । हजुरहरुको स्वच्छ गाली र तालीले नै मलाई अगाडि बढ्ने प्रेरणा मिल्नेछ ।

Comments