नयाँ पहिरन मेरो रोजाइमा पर्छ : वर्षा
screennepal
प्रकाशित: २०७६, २७ भाद्र शुक्रबार
no img

अभिनेत्री बर्षा राउतले आकर्षक र नयाँ पहिरन सधैं आफ्नो रोजाइमा र्ने गरेको बताएकी छन् । बिहीबार राजधानीको नक्सालमा ‘सजिनाज क्रियशन’ बुटिकको उद्घाटन गर्दै उनले आफू फेसनलाई फलो गर्ने बताइन् ।
कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकाले खुसी ब्यक्त गरिन् । उनले भनिन्, ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ ।’
बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । उनले भनिन्, ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शोलगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन ।’ उनले अध्ययन र सौखको बिषय बुटिकमार्फत ब्यवसयमा बदल्न लागेको सुनाइन् ।

Comments