१० करोड लगानीमा दरबारमार्गमा ‘म्यागनम’, शुक्रबार ‘कुटुम्ब’ले तताउँदै
screennepal
प्रकाशित: २०७६, ९ श्रावण बिहीबार
no img

राजधानीको दरबारमार्गमा शुक्रबारदेखि ठूलो लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ औपचारिक रुपमा सुरु हुँदैछ । क्लबको उद्घाटन अवसरमा लोकप्रिय ब्यान्ड ‘कुटुम्ब’ त्यहाँ गुन्जिने भएको छ ।
लोक शास्त्रिय संगीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्नेछन् । लोपन्मुख वाद्यवादनको संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको यो ब्यान्डले सदाझै बासुरी, सारंगी, धीमे, ढोलक जस्ता बाजाहरुसहित आफ्नो प्रस्तुति दिनेछ ।
उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा डिजे सेसन पनि राखिएको छ । सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछिन् ।
म्यागनमलाई युवा व्यवसायी अनिशसिंह ठकुरी, कलाकार किशोर खड्का र मोडल भाष्कर बानियाँले सँयुक्त लगानीमा खोलेका हुन्। क्लबलाई १० करोडको लगानीमा खोलिएको संचालकमध्ये एक ठकुरीले दाबी गरे

Comments