गाली गर्नेको लागि सरस्वतीले खोलिन मुख, भएर त देखाको छु नि (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २२ पुष आईतवार
no img

स्क्रीननेपाल डटकम :
पछिल्लो समय दर्शकहरुले अलिक बढी खोज्ने नाम हो सरस्वति लामा । उनको कला र गला अनि उनको ग्ल्यामरस हट प्रस्तुतिबाट धेरैको मनमा छाप बसेको छ । नेपाली म्युजिक भिडियो क्षेत्र र सांगीतिक क्षेत्रमा पछिल्लो समय अलिक बढी चर्चामा आईन गायिका सरस्वति लामा । उनको चर्चा घट्दो होइन बढ्दो नै छ तर फरक ढंगले । सामाजिक संजालमा बेलाबखतमा उनले दिएका अन्तरवार्ता र प्रस्तुतिले उनलाई विवादमा तान्ने गरेको छ । धेरैबाट गाली र ताली दुबैको अनुभव उनले लिएकी छिन् । उनि एक समाजसेवी पनि हुन् । उनले समाजसेवाको धेरै कामहरु गरेको बताएकी छिन् ।

अहिले त उनि फिल्म निर्माता समेत भएकी छिन् । उनको निर्माणमा “द ब्ल्याक एण्ड वाईट” नामक चलचित्र निर्माणको तयारीमा रहेको छ । उनले दिएको जानकारी अनुसार उक्त चलचित्रको कलाकार छनोटको काम सकिएको छ । यस्तै उनको चलचित्रमा उनको समेत अभिनय रहने उनले बताएकी छिन् । दर्शकहरुको लागि यो खबर केहि बिशेष समेत रहन सक्छ । उनै गायिका सरस्वति लामा संग दर्पण मिडियाले एक अन्तरवार्ता लिएको छ जसमा उनले धेरै कुराको बारेमा स्पष्टिकरण दिएकी छिन् । उनले नराम्रो भन्नेलाई उनले के भनिन त ? आफ्नो हट पहिरनको बारेमा उनको भनाई के छ त ?

हेर्नुस यो रमाइलो अन्तरवार्ता :

Comments