मिलन–कमलको ‘मन रेशम’ आउँदै (प्रोमो यस्तो छ)
screennepal
प्रकाशित: २०७५, ६ पुष शुक्रबार
no img

नेपाली गीतसंगीतकी चर्चित गायिका मिलन नेवार चाँडै आफ्नो एल्बम ‘मिलन–२’को ‘मन रेशम’का बोलको गीत तथा भिडियो लिएर आउँदैछिन् । उनले उक्त गीतको भिडियो रिलिज गर्नुभन्दा पहिले ‘प्रोमो’ सार्वजनिक गरेकी छन् ।
पाश्र्वगायनसँगै आधुनिक गीतमा जम्दै आएकी मिलनले ‘मन रेशम’ बोलको गीतलाई गायक कमल खत्रीसँग गाएकी छन् । उक्त गीतको संगीत पनि कमल खत्रीले नै गरेका हुन् । कलम विशेष गरी फरक फ्लेवरको गीतका लागि चर्चित छन् ।

‘मन रेशम’ बोलको गीतलाई गायिका मिलनले नै लेखेकी हुन् । गायिकासँगै मोडलका रुपमा समेत चर्चामा आउँदै गरेकी मिलन पछिल्लो समय गीतकारका रुपमा पनि देखिन थालेकी छन् । राजेश पुमा राईले निर्देशन गरेको यस गीतको भिडियोलाई चाँडै नै रिलिज गर्ने मिलनले बताएकी छन् ।
यस भिडियोमा मिलन र कमल खत्रीकै अभिनय तथा नृत्य हेर्न सकिने छ । उनी यस गीतबाट आशावादी पनि छिन् । नेपाली सांगीतिक क्षेत्रमा ‘मिलन’ नामक एल्बममार्फत चर्चामा आएकी मिलनको ‘मिलन–२’ महत्वकांक्षी एल्बम पनि हो । तर, उनी यतिखेर भने ‘मिलन यात्रा’ एल्बमको तयारी गर्दैछिन् । जुन एल्बमलाई आफ्नो जन्मदिनमा सार्वजनिक गर्ने बताएकी छन् ।

Comments