राजमानको नया गीतमा सरोज र अलिशाको यस्तो रोमान्स, २ दिनमा २ लाख बढीले हेरे भिडियो
screennepal
प्रकाशित: २०७५, २८ कार्तिक बुधबार
no img

स्क्रीननेपाल डटकम :
गायक राजमान तामाङको “कान्छी” बोलको नया गीत बजारमा केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ | डान्स शैली र रमाइलो तरिकाले तयार गरिएको यस गीत र यसको भिडियोले यति बेला युटुबमा निकै धेरै दर्शकहरु बटुल्न सफल भएको छ | युटुबमा यस गीतको भिडियोलाई २ दिनमा नै २ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् भने अझै दर्शकहरुको संख्या बढ्ने क्रम जारी नै छ | हुन त राजमान तामाङको थुप्रै गीत बजारमा आईसकेको छ तर उनलाई यस गीतबाट धेरै दर्शकहरुले आत्मसाथ गरेको पाईएको छ |

जितेन लेप्चाको शब्द र संगीत रहेको यस गीतमा उदय राज पौडेलको अरेन्ज रहेको छ | यस गीतमा गायक राजमान तामाङले एकल आवाज भरेका छन् | गीतको भिडियो पनि गीतकै भाव अनुसार नै तयार भएको छ | डान्स रियालिटी शो ‘बुगीबुगी’ बाट सबै नेपालीको माझमा चिनिएका सरोज मोक्तान र मोडल अलिशा राईको जोडी यस भिडियोमा देख्न सकिन्छ | सरोजको डान्स र अलिशाको रुप र अदाले धेरै दर्शकहरुको मन छोएको छ | उत्सव दाहालको छायांकन र निशान्त घिमिरेको सम्पादन रहेको यस भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन् |

रिता लामाको लगानीमा यस गीतको भिडियो निर्माण भएको हो | छोटो समयमा धेरै माया दिनुभएकोमा गायक राजमान तामाङले सबै दर्शक श्रोताहरुलाई धन्यवाद दिएका छन् | उनि अहिले डेनमार्कमा बसेर नेपाली गीत संगीतमा लागिरहेका छन् | बेला बखतमा उनले राम्रो राम्रो गीत बजारमा लिएर आईरहेका छन् | देश बाहिर रहेर पनि नेपाली गीत संगीतमा उनको सक्रियताले राम्रो संदेश दिएको छ | आगामी दिन अझै राम्रो प्रस्तुति दर्शक श्रोताको अगि राख्ने प्रयास आफुले गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् |

हेर्नुस भिडियो :

Comments