बबीको ‘फूलको बासनासँगै…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २६ कार्तिक सोमबार
no img

गायिका बबी लिम्बू ‘फूलको बासनासँगै’ दर्शक तथा रुोतामाझ आएकी छन् । सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने बबीले त्यही आफ्नो रुचिलाई पूरा गर्दै ‘फूलको बासनासँगै’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेकी छन् । केही समयअघि यु–ट्युबमार्फत रिलिज गएको ‘फूलको बासनासँगै’ गीतलाई दर्शक एवं श्रोताले निकै रुचाएका छन् ।
‘फूलको बासनासँगै’ बोलको यस आधुनिक गीतमा बबीलाई सुगमसंगीतका ‘मेलाडी किङ’ स्वरुपराज आचार्यले स्वरमा साथ दिएका छन् । भावना मगरको शब्दशिल्पी रहेको ‘फूलको बासनासँगै’ गीतमा स्वरुपसँगै बबीको मिठास स्वरले दर्शक तथा श्रोताको मन जित्न सफल भइरहेको छ । यस गीतको भिडियोले योे समाचार बनाइरहँदासम्म एक लाख ६० हजार ५५५ यु–ट्युकमा भिअर्स पाइसकेको छ । आफ्ना पहिलो व्यवसायिक भिडियोलाई दर्शकले रुचाइदिएका गायिका बबी खुसी छिन् । उनले भनिन्, ‘यस गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । प्रतिक्रिया पनि राम्रै आइरहेको छ ।’

गायिका बबीले ‘फूलको बासनासँगै’पछि अरु गीत पनि गाइसेकेकी छन् । ती गीतहरुको पनि चाँडै भिडियो ल्याउने बताइन् । ‘गीतसंगीत मेरो सानैदेखिको रुचि हो’ बबीले भनिन्, ‘तर, समय र परिस्थितिले गर्दा भर्खरै रहरहरु पूरा गर्दैछु ।’
बबी र स्वरुपको ‘फूलको बासनासँगै’ गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पछिल्लो समयका व्यस्त मोडल पुष्प खड्का र जुना सुन्दासले अभिनय गरेका छन् । निर्देशक अधिकारीले मोडलद्वयलाई गीतको भावना र मर्मअनुसार प्ले गर्न सफल भएका छन् । यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

Comments