एपिक म्युजिक अवार्डमा ५९ विधा
screennepal
प्रकाशित: २०७५, १० कार्तिक शनिबार
no img

एपिक नेपाल म्युजिक प्रालिको आयोजनामा अहिलेसम्मकै सर्वाधिक विधामा अवार्डको हुने भएको छ । ५९ विधामा आयोजना गरिने कार्यक्रममा नवकलाकार एवं पुरानालाई सम्मान गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले बताए ।
उनका अनुसार लोकदोहोरीतर्फ २१, पपतर्फ १५, दशैँ गीतमा १६ र आधुनिकतर्फ १७ गरी कुल ५९ विधालाई समावेश गरिने भएको हो । ०७४ भदौँ मसान्तदेखि ०७५ भदौँ मसान्तसम्म बजारमा आएको गीतलाई अवार्डमा समावेश गरिने उनले बताए ।
१५ भदौँबाट आवेदन खुल्ला गरिएको आवेदन फारम कात्र्तिक १५ गतेसम्म बुझाउने ब्यवस्था गरिएको छ । यसैगरि फारम एपिक नेपालको कार्यलय अनामनगरबाट प्राप्त गरिने जनाइएको छ ।

Comments