सहिमा र डेबिडको गीतमा सडकमै यस्तो नाच ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २३ आश्विन मंगलवार
no img

पछिल्लो समय ‘भर्सस्टायल गायिका’का रुपमा चिनिएकी गायिका सहिमा श्रेष्ठ र गायक डेबिड शंकरद्वारा स्वरबद्ध नयाँ गीत सार्वजनिक भएको छ । ‘सलल बगेको पानी’ बोलको उक्त गीतको भिडियोलाई फिल्मीशैलीमा निर्माण गरिएको छ ।
विशेषगरी ‘आइटम नम्बर’ गीतमार्फत पाश्र्वगायनमा उदाएकी सहिमा र डेबिडको यो पछिल्लो गीतको भिडियोले फिल्मकै झल्को दिन्छ । पत्रकार सुमन बैरागी पण्डितको शब्द र दीपक शर्माको संगीतमा तयार भएको यस गीतको भिडियोलाई राजु अधिकारीले निर्देशन हुन् ।
‘सलल बगेको पानी’ले पछिल्लो नेपाली फिल्मी गीतको टे«ण्डलाई पछ्याएको छ । केही समययता नेपाली फिल्ममा लोकफ्लेवरमा ‘डान्सिङ नम्बर’लाई प्राथमिकता दिएको पाइन्छ । यस्तै, सहिमा र डेबिडको ‘सलल बगेको पानी’ लोकपपमा ‘डान्सिङ नम्बर’ तयार गरिएको छ । जसलाई नृत्य निर्देशक कविराज गहतराजले फिल्मीशैलीमै कोरियोग्राफी गरेका छन् ।
उक्त भिडियोमा अभिनेत्री जस्मिन श्रेष्ठ र बिनोद न्यौपानेले अभिनय गरेका छन् । सुदिप बरालको छायांकन रहेको ‘सलल बगेको पानी’को भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=MCRIG78HUqI&feature=share

Comments