गीतमा छ कठोर हृदयका अन्तरकथा (भिडियो)
screennepal
प्रकाशित: २०७५, २१ भाद्र बिहीबार
no img

मनैदेखि माया गरेको मायालु मान्छेका मनका भावहरु कतिपय अवस्थामा कति कठोर हुँदा सिमलको भुवाजस्तो मन पनि झताभुंग हुँदोरहेछ । आफ्नो प्राणभन्दा प्यारो ठानेको प्रेमी र प्रेमका बिचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो । यस्तै कारुणिक भावना समेटिएको गीतमा गायिका विष्णु माझी र गायक सुमन परियारले गाएका छन् । ‘आफ्नो मनलाई’ बोलको जुन गीत हालै सार्वजनिक भएको छ ।
बाध्यताले पराइएको बन्दा प्रेमिकाले प्रेमीलाई भुल्न नसकेको कुरा गीतको भावमा ब्यक्त गरिएको छ । सहदेव कोइरालाको शब्द तथा उत्कृष्ट लय सिर्जनामा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । मायालु जोडीको भुमिकामा दिपक खत्री र स्मिृति मगरको अभिनय रहेको छ ।

Comments