दर्शक माझ नया प्रस्तुति लिएर आए चार्ली तामाङ, निर्देशन र डान्स यस्तो दमदार
screennepal
प्रकाशित: २०७५, २० भाद्र बुधबार
no img

स्क्रीननेपाल डटकम :
मलेसियामा बसेर नेपाली कला क्षेत्रको थुप्रै विधामा आफुलाई अगाडी लिएर आउने निरन्तर प्रयास गरिरहेका चार्ली तामाङद्वारा निर्देशित र अभिनित नया म्युजिक भिडियो बजारमा आएको छ | यस भिडियोको गीतको बोल भने “सुनन” रहेको छ | प्राय आधुनिक र रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनय र निर्देशन गरेका उनले यसपटक भने डिस्को भर्सनको गीतमा निर्देशन र अभिनय गरेका छन् | उनले यस गीतमा आफ्नो डान्स समेत देखाएका छन् | उनले निकै दमदार डान्स यस गीतको भिडियोमा गरेका छन् | यस गीतले साच्चै नै दर्शक श्रोतालाई पनि झुमाउछ यसमा भने कुनै दुई मत छैन |

मलेसियामा नै सबै छायांकन गरिएको यो म्युजिक भिडियो र गीत विशेष अहिले युवा पुस्तालाई बढी केन्द्रीत गरेर बनाईएको छ | अहिलेको समाज र युवा पुस्ताको दिनचरिया यी यस्ता कुराहरुको कन्सेप्टलाई मिश्रण गरेर म्युजिक भिडियो तयार भएको छ | गीतमा अनिल सुब्बाको शब्द, डी.जे आकाश द स्काईको संगीत र अनिल सुब्बाको नै स्वर समावेश रहेको छ | मेगा मगरको छायांकन, जीवन शाहीको सम्पादन र चार्ली तामाङको निर्देशनमा यस गीतको म्युजिक भिडियो तयार भएको हो | सम्पूर्ण छायांकन मलेसियामा गरिएको यस म्युजिक भिडियोमा चार्ली तामाङ संगै सुशिम तामाङ, सुरज राई, दृष्टि लिम्बु, सुजल तामाङ, सुशिला तामाङ र जबिर खानको अभिनय रहेको छ |

एक हिसाबले भनौ भने भिडियो पार्टी डान्सको कन्सेप्टमा तयार भएको छ | निर्देशक चार्ली तामाङले निकै मेहेनत गरेर नै यो भिडियो तयार गरेका छन् | उनको मेहेनत प्रष्ट रुपमा देखिएको पनि छ | लामो समय देखि उनि कला क्षेत्रको धेरै विधामा आफुलाई निखार्ने प्रयास गरिरहेका छन् | तर उनको मुख्य केन्द्र बिन्दु भने नृत्य निर्देशक रहेको छ जसको लागि उनले सक्ने मेहेनत गरि पनि रहेका छन् | उनि हाल अरु म्युजिक भिडियो निर्देशन र अभिनयमा ब्यस्त रहेका छन् | मलेसियामा बसेर काम गर्दै नेपाली कला क्षेत्रमा पनि उनले आफुलाई आबद्ध गराएका छन् | उनको प्रयासले नेपाली कला क्षेत्र मलेसियामा तीव्र रुपले विस्तार हुदैछ |

यो नेपाली कला क्षेत्रको लागि पनि ठुलो गर्वको बिषय हो | पछिल्लो युवा पुस्ता उनिबाट धेरै हदले हौसला समय लिएका छन् | मलेसियामा हुने प्राय कार्यक्रमहरुमा उनको उल्लेखनीय उपस्थिति र प्रस्तुति हुने गरेको छ | आफ्नो काम हेरेर दर्शकहरुले आफुलाई गरेको माया निकै अपरिहार्य रहेको भन्दै उनले सबै दर्शक प्रति आभार समेत प्रकट गरेका छन् | परदेशमा बसेर उनले गरिरहेको संगर्षले नेपाली कला क्षेत्रको पनि शिर उच्चा पारेको छ | अहिले उनको धेरै म्युजिक भिडियोको काम भईरहेको छ |

हेर्नुस भिडियो :

Comments