३१ भदौमा ‘एलजी सिने सर्कल अवार्ड’
screennepal
प्रकाशित: २०७५, १६ भाद्र शनिबार
no img

‘एलजी सिने सर्कल अवार्ड–२०७५’ यही आउँदो ३१ भदौमा हुने भएको छ । यो अवार्डको तेस्रो संस्कण हो ।
सिनेमा सर्कल नेपालको आयोजना तथा द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने उक्त अवार्डमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’द्वारा निर्देशक किशोर रानालाई प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली फिल्म क्षेत्रमा लामो समयेदि योथदान पु¥याउँदै आएका रानालाई नगद ५१ हजारसहित सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष डिनेश डिसीले बताए
अवार्डका लागि २०७४ सालमा प्रदर्शनमा आएका तथा एलजि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएका ६३ फिल्ममध्येबा २२ विधामा अवार्ड प्रदान गरिने बताइएको छ । आयोजक संस्थाका अनुसार अवार्ड मनोनयनका लागि चलचित्रकर्मी, पत्रकार, फुटबलर, एभरेष्टर, उद्योगी, समाजसेवी, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरुले छनोट गरेको जनाइएको छ ।
राजधानीको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा बर्षको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायक÷नायिका तथा बर्षको उत्कृष्ट संगीतकार र गायक÷गायिकालाई अवार्ड प्रदान गरिनेछ । साथै, बर्षको सर्वाधिक चर्चित अभिनेत्री÷अभिनेता, बर्षको उत्कृष्ट भीएफएक्स, उत्कृष्ट स्टन्ट, चर्चित गीतलगायतमा पनि अवार्ड प्रदान गरिने जनाइएको छ ।

Comments