तस्बिरमा यस्तो हिरा तामाङ लो अभिनित पहिलो म्युजिक भिडियो, के पाउलान त दर्शकको साथ ?
screennepal
प्रकाशित: २०७५, ८ भाद्र शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
“किन किन आजभोली यो मन” बिल्कुलै ताजा र निकै रोमान्टिक गीत जुन अबको केहि दिनमा नै रिलिज हुदैछ | डी.पी खनालको शब्द, धनु ज्ञान्ग्मी मगरको संगीत, चन्दु गोर्खालीको अरेन्ज र बिनु राईको स्वरमा सजिएको यस गीतको म्युजिक भिडियोले नेपाली कला क्षेत्रमा एक क्षेमतावान मोडलको जन्म गराउदै छ | हो दर्शकबिन यहि गीतको म्युजिक भिडियोबाट एक प्रतिभावान कलाकारको उदय हुदैछ हिरा तामाङ लो | उनको अभिनय रहेको यो पहिलो म्युजिक भिडियो हुनेछ जसको सम्पूर्ण छायांकन मलेसियामा गरिएको छ |

दुर्गा बान्तवा राईको छायांकन र निर्देशनको साथमा ललित सिंह साउदको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा हिरा तामाङ लो ले मोडल पारु श्रेष्ठ संग अभिनय गरेका छन् | पहिलोपटक भएता पनि यी २ को जोडी निकै आकर्षक देखिएको छ | पर्दामा निकै सुहाएको यो जोडीले दर्शकहरुको मनमा कत्तिको हलचल मच्चाउने हो त्यो भने म्युजिक भिडियो रिलिज भएपछि मात्रै थाहा हुनेछ | अहिले म्युजिक भिडियोको सम्पादन कार्य अन्तिम चरणमा रहेको छ | निर्माण पक्षले दिएको जानकारी अनुसार अबको केहि दिनमा नै यो म्युजिक भिडियो दर्शकहरु माझ सार्वजनिक हुनेछ |

मकवानपुरका युवा हिरा तामाङ लो मलेसियाबाट यस क्षेत्रमा प्रवेश गर्दैछन् | यसको अर्थ स्पष्ट हुने कि उनि हाल मलेसियामा नै रहेका छन् | हो करिब डेढ बर्ष भयो उनि मलेसिया बस्न थालेको छ | बाल्यकाल देखि नै अभिनय तर्फ उन्मुख भएका उनले नेपालमा हुँदा भने यो क्षेत्रमा प्रवेश गर्न सकेनन | अनेकौ समस्याले समात्यो उनलाई जसको कारण उनि नै होला सायद उनि मलेसिया जानु परेको | तर मलेसिया गएर पनि उनले आफ्नो सानै देखिको सपना छोड्न सकेनन र अन्ततः म्युजिक भिडियो मार्फत अभिनय विधामा प्रवेश गरिहाले | तर उनले आफुले तयारी गरेर सबै कुरा सोचेर बुझेर नै यो क्षेत्रमा हात हालेको बताएका छन् |

अवश्य पनि कसैको लागि पनि यो क्षेत्र सजिलो छैन | अझ विशेष विदेशमा बस्नेहरुको लागि त अझ गार्हो छ | उनलाई पनि गार्हो हुनेछ छ आगामी दिन | मलेसियाको ब्यस्त जीवन र त्यसै ब्यस्त जीवन देखि नै समय निकालेर यो क्षेत्रमा खर्चिनुपर्ने अवस्था तर उनले आफुले जसरी पनि समयको व्यवस्थापन गरेर यो क्षेत्रमा निरन्तरता दिने विश्वास ब्यक्त गरेका छन् | यहि अनुरुप उनको अहिले दोस्रो म्युजिक भिडियोको पनि तयार भईरहेको खबर आईरहेको छ | तर यसको आधिकारिक जानकारी भने आएको छैन | मोडल हिरा तामाङलेले छिट्टै नै यस बिषयमा उनले सबैलाई जानकारी गराउने बताएका छन् |

नेपाल बाहिर रहेर नेपाली कला क्षेत्रमा यसरी आबद्ध हुन सक्नु अवश्य पनि सजिलो कुरा भने होइन | धेरै मेहेनत र दृढ संकल्प यो कुराको लागि चाहिन्छ | हिराले पनि धेरै संगर्ष गरेर नै आजको यो दिन सम्म आएर यसरी सुरु गर्दैछन् | अहिलेको अवस्थामा उनलाई हौसलाको खाँचो छ र सबैभन्दा हौसला दर्शकहरुबाट मिल्नु पर्ने पनि जरुरी छ | यसै कारण उनले सबै दर्शकहरु संग आफ्नो कामको सहि ढंगले मुल्यांकन गरेर सल्लाह सुझाब दिनुहुन आग्रह गरेका छन् | उनलै आफु माथि विश्वास छ र उनको मेहेनतले पनि यो उनको विश्वास कायम राख्ने छ भन्ने विश्वास हामी लिन सक्छौ |

Comments