शम्भु र सुशिलाले डान्स गर्दा यस्तो रंगिन बन्यो भिडियो, के दर्शकलाई मन पर्ला ?
screennepal
प्रकाशित: २०७५, १७ श्रावण बिहीबार
no img

स्क्रिननेपाल डटकम :
शम्भु मोक्तान तामाङ यो नाम यति बेला नेपाली म्युजिक भिडियो क्षेत्रमा निकै चम्किरहेको छ | निकै प्रतिभावान यिनले कलाको २ विधामा आफुलाई अगाडी बढाईरहेको धेरैलाई अवगत पनि छ होला | हो दर्शकबिन उनले म्युजिक भिडियो क्षेत्रमा मोडल र निर्देशक २ रुपले आफुलाई अगाडी उभ्याएका छन् | हुन त उनले अभिनयबाट नै यो क्षेत्रमा हात हालेका हुन् तर समयको बहाव संगै उनले आफुलाई निर्देशन विधामा पनि अगाडी लिएर आउन सफल भए |

अहिले उनि निकै ब्यस्त रहेका छन् अभिनय र निर्देशन दुवै विधामा | पछिल्लो समय उनि आफु अभिनित र निर्देशित नया म्युजिक भिडियोको छायांकनमा अत्याधिक ब्यस्त रहेका छन् | गएको ३ हफतामा मात्रै उनको ३ वटा नया म्युजिक भिडीयोको छायांकन सकिएको छ |

केहि दिन अगाडी मात्र उनले नया म्युजिक भिडियोको छायांकन मलेसियामा सकेका छन् | यसपटक भने उनले केहि फरक महसुस गरे | प्राय जसो रोमान्टिक र सेन्टिमेन्टल भर्सनको म्युजिक भिडियो तयार गर्दै आएका उनले यसपटक डान्स नम्बरको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् | सम्पूर्ण छायांकन मलेसियामा गरिएको यस भिडियोमा उनको प्रमुख निर्देशन रहेको छ |

यस्तै यस म्युजिक भिडियोमा कोष बोम्जनको छायांकन र राज तामाङ नृत्य निर्देशन रहेको छ | भिडियोमा शम्भु मोक्तान तामाङ, सुशिला थिङ तामाङ, राज तामाङ, सुर्य खड्का, अबिनास लामा र कृष्ण ब्लोनच्याङ्ग्बाको अभिनय रहेको छ |

भिडियोमा कैद दृश्यले पनि भिडियो केहि रंगिन बनाएको छ | यस गीतमा बिशाल थिङको शब्द, संगीत र स्वर रहेको छ | यस्तै गीतमा चाद सिंहको अरेन्ज रहेको छ | गीत निकै राम्रो तरिकाले तयार गरिएको छ | गीतको शब्द संगीतलाई यति बेला निर्माण पक्षले अब्बल भनिरहेको छ तर यसको प्रभाव दर्शक श्रोतामा कस्तो पर्ने हो त्यो त समयले नै बताउने छ |

रिलिज भईसके पछि म्युजिक भिडियो र गीतको मुल्यांकन दर्शक श्रोताले अवश्य गर्नु नै हुनेछ | तर शम्भु मोक्तानको कला र क्षेमताको मुल्यांकन भने लामो समय देखि भईनै रहेको छ | उनको धेरै म्युजिक भिडियो बजारमा आईसकेको छ | उनले आफ्नो कामले धेरै दर्शकहरुको मन जितिसकेका छन् | हाल उनि आफु पनि मलेसियामा नै रहेका छन् | विदेशमा हुँदा समेत उनले भरपुर समय नेपाली म्युजिक भिडियो क्षेत्रमा खर्चिरहेका छन् |


हुन त उनले आफ्नो मेहेनतको सकारात्मक फल पनि प्राप्त गरिरहेका छन् | दर्शकहरुको साथ र माया नै आफ्नो लागि ठुलो हौसला रहेको उनले उल्लेख गरेका छन् | अभिनयलाई प्राथमिकतामा राखेर अगाडी बढेका उनले निर्देशन विधामा पनि आफुलाई अब्बल साबित गरिसकेका छन् | अब उनको नया नया म्युजिक भिडियो बजारमा रिलिज हुने उनले बताए | उनको थुप्रै काम अझै हुन बाँकी नै रहेको उनले जानकारी दिएका छन् | उनले यसरी काम गरेर धेरै व्यक्तिहरुको अगाडी नमुना नै बनेर प्रस्तुत भएका छन् | उनको मेहेनत र संगर्ष नेपाली म्युजिक भिडियो क्षेत्रको लागि पनि गौरवको बिषय यति बेला बनेको छ |

Comments