रेश्माको झिम झिम परेलीमा सागर ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ६ श्रावण आईतवार
no img

म्युजिकल्ली एप्पमा ट्रन्डिङमा अगाडि रहेकी रेश्मा घिमिरे म्युजिक भिडियोमा देखिएकी छन् । सागर राजको शब्द, स्वर, संगीत तथा निर्देशनमा बनेको ‘झिम झिम गर्ने परेली’ बोल गीतको भिडियो उनलाई सागर राजसँगै देखिएकी छन् ।
उनले यस म्युजिक भिडियोमा सागर र रेश्माले निकै मेहनत गरेर आफ्नो कला देखाएका छन् । रेश्मा र सागर राज नेपाली कलाकारिता क्षेत्रमा उज्वल भविष्यका साथ अगाडि बढिरहेका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा विभिन्न विधाबाट आफ्नो क्षमता देखाउँदै आएका सागर राजको ‘झिम झिम गर्ने परेली’ बोलको गीत पछिल्लोपटक बजारमा आएको हो । यो गीतमा अहिलेसम्म बजारमा आएका गीत, संगीत र भिडियोभन्दा विल्कुलै फरक प्रस्तुति रहेको छ ।
यसअघि उनले निर्देशन गरेको म्युजिक भिडियो ‘पानी प-र्यो असिना झर्यो, तिते करेली, चुम्बक, तिरिकिटिताकाजस्ता दर्शक श्रोताले रुचाएका थिए ।
सागर राज म्युजिक भिडियो निर्देशकमात्रै नभएर गीतकार, संगीतकार र गायक पनि हुन् । उनले लेखेका थुप्रै गीतहरु ‘कठै बरा’, ‘झालेमाले भाई’, ‘सोचिरहेछु’जस्ता थुप्रै गीत चर्चित छन् ।

Comments