विजेता मोडलहरु ‘क्याटवाक’मा यस्ता देखिए (फोटोफिचर)
screennepal
प्रकाशित: २०७५, ३१ असार आईतवार
no img

विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरुलाई एउटै स्टेजमा उतारिएका छन् । पेजेण्ट नेपालले १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरुलाई लिएर ‘टाइटल विनर फेसन शो’ गरेको हो ।


पहिलोपटक आयोजित उक्त शोमा पहिलो सिक्वेन्स टिशर्ट राउण्ड, दोश्रो क्रियटिभ डिजाईन तथा विभिन्न वेष्टेज वस्तुबाट निर्मित पहिरनहरुको डिजाइन प्रस्तुत गरिएको थियो । ममता बस्नेत, जानुका राई, सुमित रजकलगायतको डिजाइनमा उपाधी विजेता मोडलहरुले –याम्प नापेका थिए । कार्यक्रममा करीब २५ जना इभेन्ट आयोजकहरु समेत एकैसाथ -याम्पमा हिडेका थिए ।
फेशन शोमा कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, हाहायोयो महादेव त्रिपाठी, यमन श्रेष्ठ, रिता केसीलगायतले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रम सञ्चालनको जिम्मेवारी कोरियोग्राफर रोजिन शाक्य र आश्विनी झाले गरेका थिए ।


उक्त फेशन शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए । सहभागी मोडलहरुलाई स्पोन्सर्स कम्पनीहरुले विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
उक्त शोमा भारतको ‘मिस्टर वेष्ट वंगाल–२०१३’ अनुज शर्मा समेत सहभागी थिए । ‘मिस नेपाल–२०००’ उषा खड्गी तथा नायिका संचिता लुइँटेल शोस्टपर्स रहेको उक्त फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दरलाल कक्षपती थिए ।

 

 

Comments