नव गायक संजय तामाङको सांगीतिक क्षेत्रमा पहिलो पाईला सुरु, रिलिज भयो “मनमा बास मागी”
screennepal
प्रकाशित: २०७५, १० असार आईतवार
no img

स्क्रिननेपाल डटकम :
नव गायक संजय तामाङको पहिलो अफिसियल गीत रिलिज भएको छ | उनले सांगीतिक क्षेत्रमा आफ्नो पहिलो पाईला स्वरूप “मनमा बास मागी” बोलको सेन्टिमेन्टल गीत सार्वजनिक गरेका हुन् | उनको यस गीतमा ए.जे एन.के आर्याको शब्द र बिनय केटुको संगीत र अरेन्ज रहेको छ । यस्तै गीतमा स्वर भने गायक संजय तामाङकै रहेको छ | आधुनिक शैलीको गीतमा प्रेम र धोकाको परिभाषाको विश्लेषण गरेको देखिन्छ | रिलिजको करिब १ हफ्ताको अन्तरालमा गीतले निकै राम्रो राम्रो प्रतिक्रिया प्राप्त गरेको छ | धेरैले भने संजयको स्वरको प्रशंसा गर्नुको साथै भिडियोको पनि तारिफ गरेको देखियो |

गीतको भिडियोको सम्पूर्ण छायांकन भने मलेसियामा गरिएको हो | उनि आफु पनि मलेसियामा नै लामो समय देखि कामको शिलशिलामा रहेको हुँदा उनले आफ्नो पहिलो गीतको भिडियो पनि उतै नै निर्माण गरेका हुन् | सम्पूर्ण छायांकन मलेसियामा गरिएको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन र छायांकनको साथमा ललित साउदको सम्पादन रहेको छ । भिडियोमा मोडल पवन थिङ र सुस्मा लिम्बुको अभिनय रहेको छ |

यी २ कलाकारको अभिनयले भिडियोलाई निकै सुन्दर बनाएको छ | भिडियोमा मलेसियाको सुन्दर दृश्यहरु कैद गर्ने प्रयास गरिएको छ | भिडियोको विषयमा बोल्दै मोडल पवन थिङले निकै फरक तरिकाले यस भिडियोको निर्माण गरिएको र आफुले सक्दो आफ्नो अभिनय कलाले दर्शकहरुलाई खुशी पर्ने कोशिश गरेको उनले बताए | यस भिडियोमा उनको अभिनयमा निखारता आएको पनि देखिन्छ |

मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा उनले आफ्नो स्वरको जादु देखाएर उताको धेरै दर्शकहरुको मन जितिसकेको हो | तर अफिसियल रुपमा भने उनि अहिले मात्र सबैको माझमा आएका हुन् | आफुले साधना र मेहेनत र अनुभव बटुलेर मात्र यस क्षेत्रमा आउन खोजेको र सहि समय अहिले रहेकोले नै आफु अफिसियल रुपमा अगाडी आएको गायक तामाङको भनाई रहेको छ |

आफ्नो पहिलो गीतबाट आफुले निकै आशा बोकेको र दर्शक श्रोताहरुले यसलाई मनपराईदिनुहुन्छ भन्ने विश्वास समेत आफुले लिएको उनले उल्लेख गरेका छन् | यस्तै उनले आफ्नो पहिलो प्रस्तुतिलाई हेरेर सुनेर सहि ढंगले मुल्यांकन गरि उचित प्रतिक्रियाको साथमा सल्लहा सुझाब र अगाडी बढ्नको लागि हौसला समेत प्रदान गरिदिनुहुन उनले समस्त दर्शक श्रोता संग अनुरोध गरेका छन् | उनको सांगीतिक यात्रा कति टाढा सम्म जाने हो त्यो हेर्न बाँकी नै छ |

हेर्नुस भिडियो :

Comments