फेसन नोभा–२०१८ : -याम्पमा प्रस्तुत हुँदै रुबी राणादेखि धमला पत्नीसम्म
screennepal
प्रकाशित: २०७५, २० जेष्ठ आईतवार
no img

दरबारमार्गस्थित होटल अन्नपूर्णमा आउँदो शुक्रबार ‘फेसन नोभा–२०१८ : सिजन ७’ हुँदैछ । ‘द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइन’ले यो शो गर्न लागेको हो ।
आइतबार द क्रिएसनले प्रेस विज्ञप्तीमार्फत शोको जानकारी गराउँदै अडिसनमा छनोट भएका मोडललाई कोरियोग्राफर प्रशान्त ताम्राकार तथा कलाकार रक्षा श्रेष्ठले मोटिभेसनल तथा ग्रूमिङ क्लास लिइरहेको जनाएको छ ।
फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका द क्रिएसनले फेसन शो आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष मनिता थापाले बताइन् ।
फेसन शोमार्फत डिजाइनरहरुको खुबीलाई प्रस्फुटन गरिने कार्यक्रमकी संयोजक जेनिफर बज्राचार्यको भनाइ छ । यस शोलाई निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले आकर्षक पहिरनहरु तयार पारिरहेका छन् ।


डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारिरहेका छन््, जसमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयरका विशेष डिजाइन हुने छन् ।
सात जना सेलिब्रेटीहरु कलाकार रेनुका सिंह ठकुरी, अभिनेत्री तथा मोडल ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री एलिजा धमला, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा अभिनेता÷कोरियोग्राफर प्रशान्त ताम्राकारले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गर्नेछन् । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत हुने छिन् ।
फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरिरहेकी छन् भने मेकअप आर्टिष्टको रुपमा निलम पौडेल रहेकी छन् । राइज म्युजिकका बिनोद सिंहले फेशन शोलाई व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।

 

Comments