पाश्र्वगायनमा चम्किँदै गरेका गायक युवराज चौलागाईँको आधुनिक गीत सार्वजनिक भएको छ । युवराजको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा गायक युवराज चौलागाईँ र अनु शाहलाई फिचर गरिएको छ ।
‘तिमी टाढा भयौँ’ बोलको गीतमा चौलागाईकै स्वर तथा संगीत रहेको छ भने शब्द पुजा शाहको रहेको छ । राजन इसानको एरेन्जमा तयार भएको यस गीतको भिडियोलाई निशान भट्टराईले सम्पादन गरेका छन् । विशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा गायक चौलागाईँ र अनु शाहको रोमान्स र जोडी सुहाएको छ ।