फेसन, फेसन शो र मोडलिङप्रतिको चासो
screennepal
प्रकाशित: २०७५, १३ जेष्ठ आईतवार
no img

युवा पुस्तामा बढ्दो ‘फेसन क्रेज’ छ । जसले गर्दा सहरमा नयाँ नयाँ बुटिकहरु थपिँदै गएका छन् । फेसन डिजाइनिङबारे युवाको चासो पनि उस्तै बढ्दै गएको छ । यसैबेला फेसन शोहरु पनि बाक्लो रुपमा हुन थालेका छन् ।
यस्तै, यो साता मात्र राजधानीमा पाँचभन्दा बढी फेसन शो भए । नयाँ नयाँ पहिरन तथा डिजाइनरको क्रिशसनलाई प्रवद्र्धन गर्नु फेसनको शोको मुख्य उद्देश्य हो । तर, हिजोआज फेसन शो त्यतिमै मात्र सिमित रहेन । इभेन्ट व्यवस्थापन गर्नेहरुले फेसन शोलाई पेसा तथा व्यवसायिक रुपमा लिन थालेका छन् ।


यस्तै एक हो आरएनआर गु्रप । जसले फेसन तथा विभिन्न इभेन्टहरु गर्दै आएको छ । यो साता पनि यो ग्रुपले ‘एञ्जल अन द फ्लोर’ नाममा फेसन शो आयोजना गरेको थियो ।


दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा आयोजित ‘एञ्जल अन द फ्लार’ मा नयाँदेखि पुराना र स्थापित मोडलहरु विभिन्न डिजाइनरको क्रियशनमा प्रस्तुत भएका थिए ।


फेसन शो तथा इभेन्ट आयोजकहरु जुर्मुराउँदा मोडलहरुलाई पनि फाइदा भएको छ । ¥याम्प मोडलिङमै निर्भर भएर मोडलिङ गर्ने मोडलहरु यहाँ निकै कम छन् । तर, जब केही वर्षयता फेसन शो जस्ता इभेन्टहरु धमाधम हुन थाले, त्यसले नयाँ मोडलहरु समेत अन्माएको छ ।
शुक्रबार राजधानीको ताहाचलस्थित होटल सोल्टी क्राउन प्लाजामा ‘दलजित सुदान फेसन रन–वे’ नाममा एक फेसन शो भयो ।
जहाँ चर्चित फेसन डिजाइनर दलजित सुदानका क्रियशनहरु प्रस्तुत गरिएको थियो । फ्लोरमा महिला तथा पुरुष गरी २४ मोडललाई ¥याम्पमा उतार्ने जिम्मा नेस्कट मोडलले जिम्मा लिएको थियो । अन्तराष्ट्रियस्तरको उक्त फेसन शोमा फेसन पारखीहरुको बाक्लो भीड थियो ।


त्यस्तै, फेसियल हाउसको पनि ‘फेशन ट्रेड सिजन टू’ आयोजना गरेको छ । जहाँ मोडलसँगै पत्रकारलाई पनि ¥याम्पमा हिँडाइएको थियो । फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो ।
फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो । यसरी दिनानुदिन हुने फेसन शोहरुले नेपाली युवापुस्तामा फेसनप्रति चासो र रहर कतिसम्म बढ्दैछ भन्ने प्रष्टाउँछ ।

 

Comments