टेकको ‘नजिक यति भए…’ वर्षा र कमल (भिडियो)
screennepal
प्रकाशित: २०७५, ९ जेष्ठ बुधबार
no img

काठमाडौं, ९ जेठ । पेसाले राष्ट्रसेवक अर्थात सुरक्षाकर्मी । तर, उनी गीतिकारितामा पनि रामै्र जमेका छन् । हाल जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा कार्यरत छन् टेक तामाङ । उनै गीतकार तामाङ पछिल्लो समय आधुनिक गीत ‘नजिक यति भएर पनि’ लिएर आएका छन् ।
लोक, भजन, राष्ट्रिय, गजल, सेलो र आधुनिक गरि करिब हजार जति शब्दरचना गरिसकेका तामाङको यो पछिल्लो गीतलाई चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् ।
कन्काइष्ट राईले संगीत भरेका यस गीतमा जीवन संघर्ष र वैदेशिक रोजगारीले एक प्रेमिका जोडी अलग्गिएको देखाइएको छ । भिडियोमा केही बर्ष बिछोडिएका प्रेमी जोडी भेट हुँदाखेरी मायाले सामिप्यता देखाएको दर्साइएको छ ।
निकेश खड्काद्वारा निर्देशित यस भिडियोमा वर्षा शिवाकोटी र कमल सिंहले अभिनय गरेका छन् . सहास शाक्यको एरेन्जरमा तयार भएको गीतलाई बुद्ध थापाले छायांकन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

Comments