प्रेम रोमान्समा अनिता–ज्याक ‘विस्तारै–विस्तारै…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ५ जेष्ठ शनिबार
no img

काठमाडौं, ५ जेठ । नेपाली गायनका ‘मेगास्टार’ राजेशपायल राई र गायिका अमृता सम्बाहाम्फे लिम्बूको सुमधुर स्वर रहेको ‘विस्तारै विस्तारै’ बोल गीतको तथा भिडियो सार्वजनिक भएको छ ।
यस गीतको भिडियो निर्माण गरिएको करिब ६ महिनापछि सार्वजनिक गरिएको हो । यो भिडियो गएको मंसिरतिरै बेलायतमा छायांकन गरिएको थियो । तर, भिडियो भने बल्ल आएको छ ।
‘प्रतिक्षाको फल मिठो हुन्छ’ भनेजस्तै ‘विस्तारै विस्तारै’ गीतको भिडियो विस्तारै आएर पनि दर्शक तथा श्रोताले रुचाएका छन् । भिडयो निकै उत्कृष्ट बनेको छ । यस भिडियोमा बेलायकै अभिनेता तथा मोडल ज्याक आर्मष्ट्रोङ र अनिता लिम्बूले अभिनय गरेका छन् । बेलायतमै बसेर मोडलिङमा सक्रिय रहँदै आएकी अनिता र ज्याकको केमेष्ट्री भिडियोमा सुहाएको छ ।

जानु काङ्बाङ लिम्बूको शब्दरचना रहेको यस गीतलाई शिखर शन्तोषले संगीत गरेका हुन् । यस गीतको भिडियोलाई अमृत गुरुङ र निको गुरुङले निर्देशन गरेका हुन् । उनीहरुले भिडियो निर्माणमा निकै मिहिनेत गरेको देखिन्छ । भिडियोमा बेलायतकै विभिन्न मनोरम स्थानहरुमा छायांकन गरिएको छ ।
स्लोपप ‘विस्तारै विस्तारै’ गीत तथा भिडियाबाट आफू आशावादी रहेको गायिका अमृताले बताइन् । केही भिडियोमा मोडलिङ समेत गरेर गायिकाका आलावा मोडलका रुपमा समेत आफूलाई चिनाएकी अमृताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियोलाई दर्शकले रुचाउँनेछन् भन्नेमा आशावादी छु ।’

Comments