काठमाडौं, २४ वैशाख । पछिल्लो केही वर्षयता ‘रियालिटी शो’ तथा विभिन्न ‘आइडल’को लहर चलेको छ । ‘नेपाली तारा’, ‘नेपाल आइडल’, ‘सिगिंङ कम्पिटिशन’, ‘द भ्वाइस’जस्ता गायनसम्बन्धी‘ थुपै्र रियालिटी शो’ हुँदै र हुने क्रममा छन् ।
यसैक्रममा ‘नेपाल लोक आइडल’ पनि थपिएको छ । स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल–२०७५’ गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सार्थक डिजिटल म्युजिक प्रालिले गर्न लागेको हो । आगामी साउनदेखि सातै प्रदेशमा गायक छनोट प्रक्रिया शुरु गरिने आइडलका संयोजक जीवन पन्तले जनाए ।
यस आइडलका बिजेता अर्थात प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ ।
लोक संस्कृतिका आधारमा स्थानीय विज्ञ, निर्णायकद्वारा पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०÷१० जनालाई छनोट गरिनेछ । त्यस्तै, पहिलो चरणमा सबै प्रदेशमा प्रतिभाको छनोट भएपछि ७० जनालाई काठमाडौँमा ल्याएर उच्च तहको तालिम गराइने जनाइएको छ ।
आइडलले जन्माएका प्रतिभाले भविष्यमा लोक गीत–संगीतको संरक्षणका लागि आफूलाई समर्पित बनाउने आयोजकको विश्वास छ ।
लोक आइडलले देश–विदेशमा हुने कार्यक्रममा नेपाली लोक संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य तथा गायक शिव हमालले बताए