जगनको गीतमार्फत नेपाल घुम्न अनुरोध (भिडियो)
screennepal
प्रकाशित: २०७५, २३ बैशाख आईतवार
no img

काठमाडौं, २३ बैशाख । आफ्नो देश अनि माटोको माया कसलाई लाग्दैन ? त्यस्तै प्रवासमा बसेर गीतमार्फत गायक जगन निरौलाले देशको सुन्दरताको वर्णन गर्दै नेपाल देश घुम्न जान अनुरोध गरेका छन् ।
जगनको सुमधुर आवाज रहेको ‘सगरमाथा छानो मुनि’ बोलको राष्ट्रभाव गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द स्वयम् गायक जगनकै रहेको छ भने संगीत संयोजन चन्दु गोर्खालीले गरेका हुन् ।
सिकागो शहरको विभिन्न ठाउँमा यस भिडियो खिचिएको यस भिडियोलाई आरएल शेर्पाले निर्देशन गरेका हुन् । भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई, बिदुर काफ्ले, मन्जु सोनम, पुजा शाहीलगायतले अभिनय गरेका छन् ।

Comments