प्रधानमन्त्री ओलीले यसरी भरतमोहनलाई केक खुवाए
screennepal
प्रकाशित: २०७५, २२ बैशाख शनिबार
no img

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भरतमोहन अधिकारीलाई शनिबार ८२औँ जन्मोत्सवको अवसरमा सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै केक काटेर खुवाए ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले अधिकारीद्वारा लिखित पुस्तक ‘संसददेखि संविधानसभासम्म’ लोकार्पण गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेता अधिकारीले महत्वपूर्ण पुस्तक लेखेको बताएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो जीवन भोगाइका विभिन्न घटनालाई सिलसिलेबार ढंगले प्रस्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यसबेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।’
प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गरेका छन् । ‘नेपालीका पूर्खाले रामायण, वेदजस्ता ग्रन्थहरु लेखे’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा पूर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकाले लेख्नलाई हामीलाई गाह्रो हुँदैन ।’
घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको कार्यक्रममा यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले बोलेका थिए ।

Comments