त्रिश्मा र पुर्णिमालाई ‘स्कुल प्रिन्सेस नेपाल’ उपाधि
screennepal
प्रकाशित: २०७५, २० बैशाख बिहीबार
no img

काठमाडौं, २० बैशाख । ‘स्कुल प्रिन्सेस नेपाल–२०१८’ उपाधि त्रिश्मा कुलुङ राई र जुनियरतर्फ पुर्णिमा गुरुङले जितेका छन् । आफ्ना २० प्रतिसपर्धीलाई पछि पार्दै कृश्मा र पुर्णिमाले उपाधि पोल्टामा पारेका हुन् । त्रिश्मा राई र पुर्णिमाले उपाधिसँगै नगद १५ र १० हजार पनि प्राप्त गरे ।
आरके इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा आयोजित प्रतियोगिातको यस पाँचौ संस्करणमा जेभियर इन्टरनेस्नल स्कुलमा अध्ययनरत श्रीया शर्मा ‘स्कुल एम्बेस्डर नेपाल’ र जेम्स स्कूलमा अध्ययनरत जेश्निया शेरचन ‘स्कुल आईकन नेपाल’ घोषित भएका छन् । उनीहरुले पनि क्रमशः ८ र ७ हजार रुपैयाँ तथा गिफ्ट ह्याम्पर पाए ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित कार्यक्रममा ‘पब्लिक च्वाईज’को टाइटल सुश्मिता नगरकोटी र पुनम राईले पाए । भोटिङको आधारमा ‘पब्लिक च्वाइज’ चयन गरिएको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए । शिक्षामूलक यस सौन्दर्य प्रतियोगिता विभिन्न टाइटल पनि प्रदान गरिएको थियो । यस प्रतियोगिताका लागि निर्णायकमा कोरियोग्राफर तथा मोडल बिपना थापा, संचारकर्मी अञ्जली शाक्य र हिमालयन कलेजका प्रिसिन्पल रामहरि सिलवाललगायत थिए । कार्यक्रम निशा आचार्यको कोरियोग्राफी भएको थियो ।

 

Comments