छोटो पहिरन लगाएको भन्दै सोनालाई धम्की !
screennepal
प्रकाशित: २०७५, १८ बैशाख मंगलवार
no img

काठमाडौं, १८ बैशाख । हिन्दी फिल्मकी चर्चित गायिका सोना मोहापात्रा एक गीतका कारण विवादमा तानिएकी छन् । सोनाका अनुसार उनलाई एक संगठनले धम्की दिएको छ । समाचारमा जनाइएअनुसार संगठनले उनको छोटो कपडाप्रति आपति जनाएको छ ।
धम्कीपछि यी गायिकाले प्रहरीलाई जानकारी गराएकी छन् । सोनाले जुन गीतले धम्की खाइन्, त्यो भिडियो करिब पाँच वर्ष अघिको हो ।
त्यस्तै, उनले हालै ‘तोरी सूरत’ बोलको गीत सार्वजनिक गरेकी छन् । त्यसबाट पनि उनलाई धम्की आएको छ । सोनाका अनुसार मदारिया सूफी फाउन्डेशनले केही दिनयता धम्की दिइरहेको छ ।
सोनाले मुम्बई प्रहरीलाई ट्विटमार्फत जानकारी दिएकी हुन् । उनले ट्विट गर्दै लेखेकी छन्, ‘डियर मुम्बई पुलिस, मलाई मदारिया सूफी फाउन्डेशनको धम्की आएको छ । उ चाहन्छ कि, जसरी पनि मैले ‘तोरी सुरत’को म्युजिक डिडियो हटाउन पर्ने रे । संगठनको ओारोप छ कि भिडियोमा भएको भल्गरले साम्प्रदायिक दंगा हुनसक्छ ।’


सोनालाई बलिउड फिल्म क्षेत्रका कसैले पनि खाशै सर्पोट गरेका छैनन । उनको सर्पोटमा गायक जावेद अख्तर मात्र देखिएका छन् । जावेदले सोनाको बचाउ गर्दै ट्विटरमा लेखेका छन्, ‘म त्यो प्रतिक्रियावादी संगठनको निन्दा गर्छु । जो अमिर खुसरोको गीतमा सोनाको भिडियो बन्यो । र, त्यसको विरोध गरिरहेको छ । अमिर खुसरो सबै भारतीयका हुन्, तपाईको मात्र होइन ।’

को हुन् सोना ?
सोना पाश्र्व गायिका, संगीतकार र गीतकार हुन् । उनको जन्म १७ जून १९७६ मा ओडिशामा भएको थियो । उनलाई हिन्दी सिनेमामा फरक किसिमका गायन शैलीले चिनिन्छिन् ।
सोनाले बिटेकमा डिग्री गरेकी छन् । उनले सिम्बोयसिसबाट एमबीए पास आउट गरेकी छन् । सोनाको विवाह फिल्म संगीतकार तथा निर्देशक राम सम्पतसँग भएको हो । यी दुवैजना पति–पत्नी मुम्बईमा आफ्नो अलग–अलग म्युजिक स्टुडियो चलाउँदै आएका छन् ।
सोना पहिले विज्ञानका लागि जिङगल बनाउँथिइन । त्यसपछि उनले फिल्म ‘डेली–बेली’ को ‘बेदर्दी राजा’ गाइन् । सोनाले अभिनेता आमिर खानको शोमा समेत पर्फमेन्स दिइसकेकी छन् । उनले ‘सत्मेव जयते’लाई कहिल्यै विर्सन सक्दिनन् । उनले आमिरको फिल्म ‘तलाश’ को ‘जिया लागे ना’ बोलको गीत गाएकी छन् । (एजेन्सी)

Comments