दीपक बज्राचार्यले जब गाए…!
screennepal
प्रकाशित: २०७५, ३ बैशाख सोमबार
no img

काठमाडौं, ३ बैशाख । ‘ओ अमिरा’, ‘काली–काली हिस्सी परेकी’जस्ता गीतलाई एकताका दर्शक तथा श्रोताले अति रुचाएका थिए । ती गीत जनजिब्रोमै झुण्डिएको थियो । यिनै गीतका गायक दीपक बज्राचार्य लामो अन्तरालपछि ‘मनमागन’ लिएर आएका गरेका छन् ।
दीपक नयाँ वर्षको पूर्वसन्ध्यामा एकल कन्सर्टमा प्रस्तुत भएका थिए, जहाँ उनले आफ्नो एल्बम सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा दीपकले आफ्ना चर्चित गीतमार्फत उपस्थितलाई दर्शकलाई मनोरञ्जन दिएनन् आफू सांगीतिक क्षेत्रबाट पातलिनुको कारण पनि दर्साएका थिए ।
कार्यक्रममा दीपकले ओ अमिरालगायत अल्लारे, जुजु नाना–नाना , काली–काली, प्रिय तिमी आयौजस्ता आफ्ना चर्चित गीतहरु गाएका थिए ।
एल्मब सार्वजनिक गरेपछि दीपकले भने, ‘यस गीतमा हामीले विभिन्न संस्कृतिलाई देखाउने कोसिस गरेका छौ । गीतले नचाउने मात्र होइन हाम्रो संस्कृतिलाई देखाउने कामसमेत गर्छ ।’

 

Comments