स्क्रिननेपाल डटकम :
चलचित्र मनोरंजनको लागि बनेको हुन्छ तर त्यस बाहेक एक किसिमको संदेश बोकेर पनि धेरै चलचित्र निर्माण भएको देखिन्छ । चलचित्र निर्माण पछि चलाउन धेरै गार्हो छ भन्छन नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरु । यो कुरा धेरै हदले साबित पनि भएको छ । चलचित्रको विश्लेषण गर्ने हो भने २ पाटोको कुरा आउछ पहिलो चलचित्रले दर्शकहरुको मन छुनु पर्यो दोस्रो ब्यापारिक हिसाबमा सफल पनि हुनु पर्यो । तर कहिले कहिँ यी दुई पाटो भन्दा पनि एक पाटोमा मात्रै चलचित्र अडिक रहेर सफल मानिएको पनि उदहारण छ । त्यसै मध्यको एक उदहारण हो चलचित्र ब्लाईनड रक्स ।
गत फाल्गुन १८ गते नेपालमा प्रदर्शनमा आएको यो चलचित्रले ब्यापारिक हिसाबमा सफलता हासिल गर्न सकेन । तर दर्शकहरुको मन भने जित्यो । जति दर्शकहरुले यो चलचित्र हेरे एक जनाले पनि चलचित्र नराम्रो भएको भनेको सुनिएन । सम्पूर्णको मन यस चलचित्रले जित्यो र सबैले एक किसिमको गहकिलो संदेश समेत प्रवाह गर्यो । सृष्टि केसी नामकी एक दृष्टिबिहीन युवतिको सत्य जीवनमा कथामा आधारित रहेर यस चलचित्रको निर्माण निकेश लिम्बुले गरेका हुन् । चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् ।