आरबीले ल्याए ‘तिम्रै मुस्कान…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २१ चैत्र बुधबार
no img

काठमाडौं, २१ चैत । गायक आरवी पुन ‘तिम्रै मुस्कान…’ बोलको गीत तथा भिडियो लिएर आएका छन् । रुपन्देही लक्ष्मी टोल घर भई हाल पोर्तुगल बस्दै आएका रामबहादुर पुन (आरवीपुन)ले स्रोता माझ ल्याएको यो गीतमा निरोज लामाको सङ्गीत, राजकुमार देवकोटाको शब्द, अमोश तामाङको एरेञ्ज रहेको छ ।
फिल्मी, पप, रोमान्टिक र आधुनिक तथा लोक पप गीतमा रुची राख्ने उनका सङ्गीतगुरु सुर्य दयालु हुन् । पाँच वर्षदेखि विदेशमा रहँदै आएका उनको केही समय पहिला ‘साहिँली तिमीलाई…’ भएको थियो ।

गायन लेखन र संगीत संयोजनलाई सँगसँगै अघि बढाएका उनले अहिलेसम्म अञ्जु पन्त, मेलीना राई, प्रताप लामा, बिन्दु परियार, भगवान भुजेललगायतका गायक गायिकासँग गीत गाएका छन् । उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकमाझ आएका छन् ।
‘सङ्गीत भोगाई अनुभव र अनुभुतीहरुलाई अभिव्यक्त गर्ने माध्यम हो र सङ्गीत मेरोलागी मनको प्यास हो जुन प्यासले मलाई निरन्तर साधनातिर धकेल्ने गर्छ’, भन्छन् आरबी पुन । आफ्ना अन्य गीत जस्तै तिम्रै मुस्कानले पनि स्रोता÷दर्शकको साथ पाउनेमा आशावादी रहेको उनले बताए ।

Comments