कार जित्ने अवसर | खुल्यो ‘मिस नेशनल आईकन’को आवेदन
screennepal
प्रकाशित: २०७४, १८ चैत्र आईतवार
no img

काठमाडौं, १८ चैत । ‘मिस नेशनल आईकन–२०१८’ को दोस्रो संस्करण लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ब्राइट इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत नयाँ सिजनका लागि आवेदन खुला गरेको जानकारी गराएको हो ।
आयोजकका अनुसार यसपटक धरान, चितवन, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । धरानमा राई कल्याण, चितवनमा दिपक खाँड संयोजक रहेका छन् । कार्यक्रमको मुख्य संयोजक भने हास्य कलाकार गणेश इशारा रहेका छन् । इच्छुक युवतीले राजधानीका लागि रातोपुलस्थित रक हाउस क्याफे र महाराजगञ्जस्थित ब्राइट इन्टरटेनमेन्टको कार्यलयबाट आवेदन दिन सक्ने जनाइएको छ ।
‘मिस नेशनल आईकन’मा सहभागी हुनका लागि न्युनतम शिक्षा एसएलसी र ५ फिट २ इन्च उचाईको अविवाहित हुनुपर्ने आयोजकको प्रावधान रहेको छ ।

‘मिस नेशनल आईकन–२०१७’ जोफेन लामा (विचमा) फाइल फोटो

गत वर्षबाट सुरु गरिएको ‘मिस नेशनल आईकन’ले पहिलो संस्करणकै विजेता र उपविजेतलाई ताजसहित क्रमशः कार र स्कुटी प्रदान गरेपछि चर्चामा आएको हो । यस वर्ष पनि विनरलाई कार र फस्ट रनरअपलाई स्कुटी प्रदान गर्ने आयोजकले जनाएको छ ।
पहिलो संस्करणमा सेकेण्ड रनरअप अर्थात् तेस्रोलाई नगद ५० हजार प्रदान गरेको थियो । यसवर्ष पनि त्यसैलाई निरन्तरता दिने जनाउदै यसपटक फोर्थ हुनेलाई समेत सान्तवना स्वरुप नगद २५ हजार प्रदान गर्ने आयोजक संस्थाका अध्यक्ष तथा गायक एवंं संगीतकार धनिराम राईले बताए । उनले भने, ‘यस वर्षबाट फोर्थ हुनेलाई पनि नगदले पुरस्कृत गर्दैछौं ।’ कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउँदो ३२ असारमा राजधानीमा हुने अध्यक्ष राईले बताए ।

 

Comments