काठमाडौं, १० चैत । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली सहभागिता बढ्ने क्रममा रहेको छ । यसैक्रममा ‘मिसेस् एशिया प्यासिफिक ब्युटी प्याजेन्ट–२०१८’ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गर्ने भएका छन् । कार्यक्रम आज मलेसयामा हुँदैछ ।
उक्त प्रतियोगिताअन्तर्गत ‘मिसेस् एशिया प्यासिफिक ग्लोबल’ मा गोमा र ‘मिसेस् एशिया प्यासिफिक इन्टर कन्टिनेन्टल’मा विन्दु लामाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
गोमा र विन्दु दुवैजनाको सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो । प्रतिस्प्रधाका लागि कोरियोग्राफर हिमानी सुब्बाले आबश्यक प्रशिक्षण दिएका छन् भने फिजिकल फिट्नेसमा गुडलाईफ फिटनेस सेन्टर र नृत्य प्रशिक्षणमा प्रतिक्षा मुभीजका नृत्य निर्देशक एलेक्स महर्जनले आवश्यक प्रशिक्षण दिए । पोशाक संयोजन नेपाल रिमेडिज प्रालीले गरेको छ भने आर्टिस्ट नेपालले फोटो तथा भिडियोमाआबश्यक सहयोग गरेको छ ।
नेपालको प्रतिनिधिबाट जाने प्रतियोगीलाई आयोजकले सिङापुरमा राखी स्वागत गरी आगामी मार्च २४ (आज) मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासिफिक ग्लोबल २०१८ मा सहभागी हुँदैछन ।
दुवै प्रतियोगी अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा भएको पाँचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का बिजेता र उपबिजेता हुन् । प्रतिनिधि गोमा मिसेस् हिमालयन २०१८ का विजेता हुन् । उनले सो प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन् । कुकिङ, भ्रमण तथा गार्डे्निङमा रुचि राख्ने ३९ वर्षिया गोमा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् ।
मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टल २०१८ मा सहभागी हुने नेपाली प्रतिनिधि विन्दु मिसेस् हिमालयन २०१८ का फस्ट रनरअप विजेता हुन् । उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन् । नृत्य, गायन साथै नेपालका रमणिय ठाउँँमा घुम्न रुचि राख्ने ३० वर्र्षीया विन्दु नर्सिङ पेशामा आबद्ध छिन् ।