‘नर्सिङ सुन्दरी’को यस्तो प्रतिभा
screennepal
प्रकाशित: २०७४, ५ चैत्र सोमबार
no img

काठमाडौंं, ५ चैत । ‘मिस नेपाल पिस’का २४ प्रतियोगी सुन्दरीले आफ्नो ट्यालेन्ट देखाए । राजधानीमा आयोजित ‘ट्यालेन्ट शो’मा प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्वकला लगायत आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

अभिनेता गायक कोसिस क्षेत्री, मोडल हन्ट बिजेता बिक्रम आदित्य महासेठ, डान्स कोरियोग्राफर रीना गिरि, डा. अनिमेश जोशी, नेक्स्ट मोडल्सका सिइयो रबि धमला, मिस वल्र्ड नेपाल २०१६ अश्मी श्रेष्ठ ट्यालेन्ट शोका निर्णायक थिए ।
प्रतियोगीतामा श्रेया रिजाल, दीपा देवकोटा, रिस्मा श्रेष्ठ, आश्मा प्याकुरेल, पुष्पा तामाङ, इशा पुन, रीना थापामगर, प्रमिशा गौतम, बाला कार्की, रुकु प्याकुरेल, खारु राई, साजन केसी, प्रमिला पण्डित, पुनम श्रेष्ठ, करिष्मा पाण्डे, आरती बुढाथोकी, सरिता राई, अनु कुमाल, आर्जु श्रेष्ठ, जिना श्रेष्ठ, ग्रीस्मा श्रेष्ठ, मेरिना कटुवाल, सुस्मिता बोगटी, समिक्षा सापकोटालगायत प्रतियोगी छन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको प्रतियोगीता नर्सिङ पेसामा आवद्ध रहेका युवती यस प्रतियोगितामा सहभागी छन् । यो कार्यक्रम नेक्स्ट मोडल्स नेपालले गरेको हो । प्रतियोगीताको फाइनल आगामी १० गते हायात रिजेन्सी होटलमा आयोजना हँुदैछ ।

Comments