काठमाडौं, २० फागुन । करिब १४ बर्षको अन्तरालपछि गायक अनिश भण्डारी आफ्नो गायनयात्रामा फर्किएका छन् । अनिशले गायक सुगम पोखरेलसँगको सहकार्यमा ‘ताली ठोकौँला’ बोलको गीत ल्याएका छन् ।
अनिशले यसअघि सुगमसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत तथा भिडियो ल्याएका थिए ।
पछिल्लो यो उनको गीतमा शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।
‘ताली ठोकौला’मा अनिश र सुगमसँगै अमृत ढुंगाना र जुना सुन्दासको अभिनय छ । यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।