भ्यालेनटाइन–डे : जहाँ गुञ्जिनेछ अञ्जुका यी प्रेमिल गीतहरु (गीतको सुचिसहित)
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

‘त्यो दिन प्रेममय हुन्छ र गुञ्जिनेछ अञ्जु पन्तका प्रेमिल गीतहरु’ चर्चित गायिका अञ्जु पन्तले आफ्नो दोस्रो एकल साँझबारे भनिन्, ‘त्यो दिन रोनाधोना र पीडाका गीतलाई अलगै राख्नेछु ।’ उनी चाहन्छिन्, ‘त्यो दिन प्रेमी–प्रेमिका नहुनेलाई पनि प्रेमको महशुस होस् र प्रेमभावमा डुब्न सकोस् । जसले प्रेमिल उर्जा देओस् ।’
अञ्जु पन्त यसपटकको ‘भ्यालेनटाइन–डे’को साँझ बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा आफ्ना दर्जनौ प्रेमभावका गीतहरु लिएर एकल साँझमा प्रस्तुत हु्ँदैछिन् । ती आफ्ना प्रेम गीतहरुले दर्शक तथा ग्राहकलाई मात्र नभएर अञ्जुलाई पनि प्रेमिल बनाउँनेछ किनकि लाखौ दर्शक तथा श्रोताको मन मु्टुमा बस्न सफल अञ्जुको यो सांगीतिक यात्राकै दोस्रो एकल साँझ हो भने त्यो साँझ प्रेम दिवश मनाउनेहरुको साँझ पनि हो ।
पश्चिमा मुलुकबाट भित्रिएको यो प्रेम दिवश संस्कृति केही वर्षयता नेपालमा पनि युवापुस्ता माझ झाँगिँदै गएको छ । यो झाँगिदो प्रेम दिवशमा रमाउने युवाहरुका लागि अञ्जुका कालजयी र प्रेममय गीतहरु बुटि समान ह्ुनेछ किनकि, प्रेममा हुने दर्द, आँशु, पीडा र खुसीका पलका लयहरु अञ्जुले धेरै गाइसकेकी छन् । उक्त दिन अञ्जुले तल उल्लेखित गीतहरु गाउनेछिन् ।

१, भन्छु आज मनका कुरा
२, तिमी रोएको पल
३, म यस्तो गीत गाउँछु
४, म गाउँदिन अब गीत गजल
३, तिमीलाई पराई ठानेपछि
४, तिर्खा लाग्यो पानी खाए
५, कहाँ भेटिएला (फिल्म कुहिनूर
६, कसले चोर्यो मेरो मन
७, हाँस्नलाई ओठ खोले
८, जिन्दगी यो फुलै फुलको हुँदैन
९, रहेछौ रनै पार्ने
१०, के लाउ खै पिरती
११, पुर्व पश्मिम रेल
१२, चेप्टे चेप्टे
१३, सुर्के थैली
१४, नबिर्सें तिमीलाई न पाए
१५, चरी चट्टपरि भुरुरु
१६, जबजब तिम्रो साथ
१७, एकै छिन् तिमी टाढा हुँदा
१८, मेरो मनको ढुकढुकीमा
१९, तिमी बिनाको एकपल पनि
२०, मेरो आशक्ती भावना
साथै, अन्य गीतहरु पनि रहनेछन् ।

Comments