एकसाथ दुई एल्बम रिलिज गर्दै सुरेन
screennepal
प्रकाशित: २०७४, १४ माघ आईतवार
no img

पेसाले ब्रिटिस आर्मी हुन् सुरेन ताम्लिङ । तर, उनी गायनमा पनि सक्रिय छन् । करिब एक वर्षअघि एकल एल्बम ल्याएर कर्मथलो बेलायत गएका सुरेन अहिले फेरि नेपाल आएका छन् । उनी दोस्रो एल्बमका लागि नेपाल आएको उनले बताए ।
सुरेन हिजोआज आफ्नो दोस्रो र तेस्रो एल्बमको तयारी गर्दैछन् । ती दुवै एल्बम एकैसाथ रिलिज गर्ने उनको सोच छ । त्यसैले उनी निकै व्यस्त छन् ।
‘आफ्नो’ नामक एल्बम ल्याएर श्रोता तथा दर्शकलाई आफ्नो बनाएका सुरेनले एक महिनाभित्रै दोस्रो र तेस्रो एल्बम रिलिज गर्ने तयारी गरेका छन् ।
नेपाली गीतसंगीतमा अथक माया बोकेका गायक सुरेनले आगामी आफनो एल्बममा लोकपप, आधुनिक र पुर्बेली स्वादका गति समेट्ने बताए । उनले नेपाल आएर केही गीत रेकर्ड गर्न भ्याइसकेका छन् । एक एल्बम सुदर्शनंबिक्रम राणाको एक शब्द–संगीत रहने छ । दुई एल्बममा समाबेश हुने गीतहरुका लागि उनी हिजोआज व्यस्त छन् ।
गीतकार टीका चाम्लिङ, सुदर्शन बिक्रम राना, जानु काङ्बाङ लिङ्देन, कवि ताम्लिङ, रोशन बान्तवाहरुको शब्द रहने उनले बताए । कतिपय गीतमा सुरेनकै शब्द रहनेछ । एल्बममा सुदर्शन बिक्रम राना, राजशुक्र लिम्बु, कुमार धुमी राई, रोशन बन्तावाजस्ता संगीतकारको संगीत रहने सुरेनले बताए ।

Comments