रंगभेद विरोधी प्रसिद्ध संगीतकार मासकेलाको निधन
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

जोहानेसवर्ग, १० माघ । दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित अस्पतालमा निधन भएको छ । उनी ७८ वर्षको थिए ।
लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा उपचारका क्रममा निधन भएको उनको परिवारले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।


अफ्रिकी पहिचानको पृथक ‘ज्याज धुन’का लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरूबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए । उनको सन् १९७७ मा सार्वजनिक ‘सोएटो ब्लुज’ बोलको गीत रंगभेद विरोधी आन्दोलनको पर्याय बनेको थियो । मासकेलालाई दक्षिण अफ्रिकाको ज्याज संगीतका पिता मानिन्छ । (एजेन्सी)

Comments