विल्सनको साली बनेर चितवनमा रमाइलो गर्दै मरिश्का
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
केहि दिन अगाडी मात्र निर्माण घोषणा गरिएको चलचित्र “साली कस्को भेनाको” यति बेला धमाधम छायांकन भईरहेको छ । चलचित्रको चितवनमा छायांकन भईरहेको छ । जाडोको चिसो मौसमको पनि पर्वाह नगरी चलचित्रको छायांकनमा कलाकारहरु ब्यस्त रहेका छन् । १ करोड लागतमा निर्माण हुने भनिएको चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की , बुद्धि तामाङ (हैट) , रबि गिरी , बिरेन श्रेष्ठ , देव सागर , मरिष्का पोखरेल , रजनी गुरुङ , प्रिया रिजाल , जयनन्द लामा , कविता आले , पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्माता प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई भद्र भुजेलले निर्देशन गर्नेछन् । निर्माता श्रेष्ठले यसअघि “कर्जा”, “कान्छी”, “सन्तान” जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् ।

चलचित्र पारिवारिक कथामा निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ । नेपाली समाजको भित्रि कथामा चलचित्र केन्द्रित रहने पनि निर्माण पक्षले बताएको छ । चलचित्रमा कमेडीको पनि बेजोड मिश्रण रहने कुरा बाहिर आएको छ । मगर समुदायको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई चलचित्रमा देखाइने छ । पुष्प आचार्यको कथा रहेको यस चलचित्रमा प्रसाद श्रेष्ठ , सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा बसन्त श्रेष्ठ , गम्भीर बिष्ट र सुमित लामाको नृत्य निर्देशन रहने छ । चलचित्रमा सुनिल कुमार न्यात्स्यो , बिशाल श्रेष्ठ , उमेश अधिकारी र मुक्ति अधिकारीको लगानी रहेको छ ।

Comments